7 years ago
May 8, 2019
काठमाडौं (हाम्रो खेलकुद) –गोर्खा व्बाइज क्लब रुपन्देही नेपाल आइस चौथो सिन्धु कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

सिन्धुपाल्चोक लामोसाँघु स्थित बसन्तपुर मैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा विभागीय एपिएफलाई पेनाल्टी सुटआउटमा ४ – ३ ले पराजित गर्याे । बुधबार नै नारायणघाटमा जारी भरतपुर गोल्डकपमा एपिएफ क्वार्टरफाइनल पुगेको छ ।
सिन्धु गोल्डकपको फाइनलमा गोर्खा ब्वाइजले आयोजक युथ स्पोर्टस् क्लब र जावलाखेल युथ क्लबको विजेतासँग खेल्नेछ । बुधबारको पहिलो सेमिफाइनलको निर्धारित समय गोलरहित बराबरीमा टुंगिएको थियो ।
त्यसपछिको पेनाल्टी सुट आउटमा गोर्खा ब्वाइजले बाजी मार्यो । गोर्खा ब्वाइजका लागि रुपेश के सी, उत्तम गुरुङ, भरत शाह र सकल रेग्मीले गोल गरे । एपिएफको लागि राम कुमार कुमाल, हरी कार्की र प्रदिप लामाले गोल गरे । एपिएफका रवि थिंक र गोलरक्षक अमृत चौधरी चुके ।
दुवै टोलीले गोलका लागि केहि अवसर पाएपनि सफल भएनन् । खेलको आठौं मिनेटमा रुपन्देहीका शुसिल यादवको उत्कृष्ट प्रहार क्रसबार माथिबाट बाहिरियो । ४१ औं मिनेटमा मिनेटमा रुपन्देहीका रुपेशले पेनाल्टी बक्स बाहिरबाट प्रहार गेरेको बल क्रसबारमा लागेर फर्किएको थियो ।
एपिएफका रविले ३१ औं मिनेटमा प्रहार गरेको फ्रिकिक क्रसबार माथिबाट बाहिरिएको थियो । गोर्खा ब्वाइजका रुपेश म्यान अफ दी म्याच घोषित भए र उनले ५ हजार रुपैयाँ प्राप्त गरे ।
आयोजक र जावालखेलबीच दोस्रो सेमिफाइनल बिहीबार हुनेछ । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टिमले २ लाख ५० हजार प्राप्त गर्नेछ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]