7 years ago
May 8, 2019
काभ्रे (हाम्रो खेलकुद)- मानेश्वरी ग्रुप, नवदुर्गा युवा क्लब र ब्याच नम्वर २०६५ काभ्रेको बनेपामा जारी नेपाल आइस बीबीसी कपमा विजयी भएका छन् ।

नेपाल बनेपा पोलिटेक्निक इन्स्टिच्युटको खेल मैदानमा बुधबार भएको खेलमा मानेश्वरी ग्रुपले ब्रदर्र्श एफसी बनेपालाई ४–० ले पराजित गरेको हो । मानेश्वरीको जितमा बिमल श्रेष्ठले दुई तथा सन्जिव श्रेष्ठ र योगेन्द्र तामाङले समान १–१ गोल गरे । ब्रदर्शका नारायाण खड्का र अनिस तामाङले गोल फर्काए । बिमल श्रेष्ठ खेलको म्यान अफ दि म्याच घोषित भए ।
अर्काे खेलमा नवदुर्गा युवा क्लबले यति एफसीलाई ३–१ ले हरायो । नवदुर्गाको जितमा विजेश थापाले दुई तथा सुदर्शन श्रेष्ठले एक गोल थपे । पराजित टोलीका सरोज भुजेलले एक गोल फर्काए । विजेश थापा खेलको म्यान अफ दि म्याच भए ।

अर्काे खेलमा ब्याच नम्वर २०६५ ले युनाइटेड स्पोर्टसमाथि ३–२ को रोमाञ्चक जित निकाल्यो । ब्याच नम्वर ६५ को जितमा बिकेश खड्गीले दुई तथा सविन खड्गीले एक गोल गरे । युनाइटेडका शरद र सनराइज शाक्यले समान १–१ गोल गरे । दुई गोल गरेका बिकेश नै खेलको म्यान अफ दि म्याच घोषित भए ।
जेठ २ गते सम्म चल्ने प्रतियोगिताको विजेताले २ लाख र दोस्रो हुने टोलीले १ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]