7 years ago
May 9, 2019
लामुसाँघु (हाम्रो खेलकुद) – ए डिभिजन क्लब जावलाखेल युथ क्लब नेपाल आइस चौथो सिन्धु कप फुटबल प्रतियोगिताको फाइनल पुगेका छ ।

आयोजक युथ स्पोर्टस क्लबलाई बिहीबार पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै जावलाखेल उपाधि नजिक पुगेको हो । जावलाखेलले शनिबार उपाधिका लागि गोर्खा ब्वाइज क्लब रुपन्देहीको सामना गर्नेछ ।
सिन्धुपाल्चोक लामोसाँघु स्थित बसन्तपुर मैदानमा निर्धारित समय २–२ को बराबरी भएपछि खेलको छिनोफानो पेनाल्टी आउटमा गरिएको हो ।
जावलाखेलका विशाल तामाङ, सुजित बुठाथोकी, अरुज सिंह, र डानिल बेजेले गोल गरे । आयोजकको लागि कृजल खड्का र सुकृत मगरले मात्रै गोल गरे । पेनाल्टी सुटआउटमा आयोजकका विएम कुथु र सन्जिब लामा गोल गर्न चुके ।
जावलाखेल युथ क्लबका गोलरक्षक अरुन तामाङले आयोजकका सन्जिवको प्रहार रोकेका थिए । यस्तै विएमले भने बाहिर प्रहार गरे ।
खेलको २५ औं मिनेटमा विदेशी खेलाडी फोडे फोफानाले जावलाखेलको लागि सुरुवाती गोल गरे । उनले सुजित बुढाथोकीको पासमा गोल गरेका थिए ।
दोस्रो हाफमा लगातार दुई गोल गर्याे आयोजकले अग्रता लिएको थियो । दोस्रो हाफको १० मिनेटमा आयोजकका कप्तान विएमले पेनाल्टीमा गोल गरे । जावलाखेलका खेलाडीले सुरेस खत्रीलाई फाउल गरेपछि आयोजकले पेनाल्टी पाएको थियो । सुरेशले खेलको ६० औं मिनेटमा गोल गर्दै आयोजकलाई अग्रता दिलाए ।
८२ औं मिनेटमा जावलाखेलका गौतम श्रेष्ठले गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए । उनले सुजित बुढाथोकीको पासमा हेडिङ गोल गरेका थिए ।
जावलाखेलका सुरेश खेलको म्यान अफ दी म्याच घोषित भए र उनले ५ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ ।
प्रतियोगिताको विजेताले ५ लाख र दोस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ पाउनेछ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]