7 years ago
May 10, 2019
मिलान (एजेन्सी)– बार्सिलोना र युभेन्ट्स च्याम्पियन्स लिगबाट बाहिरिएपनि इटालियन फरवार्ड मारियो बालोटेलीले लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोप्रति आफ्नो समर्थनलाई यथावत राखेका छन् ।

यसपटकको च्याम्पियन्स लिगमा मेसी सम्मिलित बासिलोना सेमिफाइनल र रोनाल्डो सम्मिलित युभेन्ट्स क्वार्टरफाइनलमा पराजित भएको थियो । पहिलो लेग ३–० ले जितेको बार्सिलोनाले लिभरपुलसँगको दोस्रो लेग ४–० ले गुमाएपछि टोलीको यात्रा अन्तिम चारमै टुंगिएको थियो । युभेन्ट्स आयक्ससँग क्वार्टरफाइनलमा नै पराजित भएको थियो ।
लिभरपुलले अब फाइलनमा प्रिमियर लिग प्रतिद्वन्द्वी टोटेनह्यामको सामाना गर्नेछ । यसपटक मेसी र रोनाल्डो विना च्याम्पियन्स लिग फाइनल हुने भएको छ । छ वर्ष यता पहिलो पटक मेसी र रोनाल्डो विना फाइनल हुँदैछ । यी दुई खेलाडीको टोलीको पराजय पछि दुवै खेलाडीको आलोचना सरु भएको छ । तर बालोटेली भने ती सब आलोचनालाई बकवास ठान्छन् ।
सामाजिक सञ्जाल इन्स्टाग्राममा लेख्दै बोलोटेलीले भनेका छन्, ‘मेसी यलियन हुन् । यद्दपी कठिन र खराब प्रदर्शनका कारण उनीहरु पराजित भए । रोनाल्डो अहिले पनि ब्रम्हान्डका उत्कृष्ट खेलाडी हुन् । यद्दपी उनले पनि सेमिफाइनल खेल्न पाएनन् ।’
एक दुई वटा खेल खराब खेल्दैमा वा हार्दैमा यी दुई खेलाडीका बारेमा अनावश्यक टिप्पणी गर्न ठिक नहुने बालोटेलीको तर्क छ । रोनाल्डो र मेसी आ आफ्नो घरेलु लिगमा भने च्याम्पियन बनि सकेका छन् । च्याम्प्यिन्स लिगमा उनीहरुको उच्च प्रदर्शनका लागि भने अर्को सिजन कुर्नुपर्ने भएको छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]