default_image

7 years ago

May 10, 2019

संघर्षपुर्ण जितसँगै चेल्सी युरोपा लिगको फाइनलमा

144 views

0 Bookmark

एजेन्सी – गोलरक्षक किपा आरिजावालगाले दुई पेनाल्टी रोकेपछि इंग्लिस क्लब चेल्सीले जर्मन प्रतिद्धन्द्धी फ्रान्कफर्टमाथि कठिन जित निकाल्दै युरोपा लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

चेल्सीले फ्रान्कफर्टलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै उपाधिनजिक पुगेको हो । निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारि समय र थप गरिएको अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।

त्यसअघि पहिलो लेगको खेल पनि १–१ गोलको बराबरी र समग्रमा २–२ गोलको बराबरी भएपछि खेल पेनालटी सुटआउटमा धकेलिएको थियो । पेनाल्टीमा चेल्सीका गोलरक्षक किपाले दुई पेनाल्टी रोक्दै चेल्सीलाई फाइनलको बाटो देखाए । किपाले फ्रान्कफर्टको मार्टिन हिन्टेरेजर र गान्कलो पासेन्सियाको अन्तिम दुई पेनालटी रोकेका थिए । चेल्सीका सेसरको प्रहार फ्रान्कफर्टका गोलरक्षकले रोकेका थिए ।

रोस बार्कली, जगिन्हो, डेभिड लुइज र इडेन हजार्डले गोल गरे । फ्रान्कफर्टका सेवास्टिन हेलर, लुका जेभिक र जोनाथन डि गजमनल गोल गरे ।

त्यसअघि घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलको २८औं मिनेटमा रुवेन लफटरस चिकको गोलबाट चेल्सीले सुरुवाती अग्रता लिएको थियो । ४९औं मिनेटमा लुका जोभिकले बराबरी गोल फर्काउदै खेललाई अतिरिक्त समयसम्म धकेलेका थिए ।

अब चेल्सलिे उपाधिका लागि अर्काे ईग्लिस क्लब आर्सनलसँग खेल्नेछ । आर्सनलले स्पेनिस प्रतिद्धन्द्धीमाथि समग्रमा ७–३ को जित निकाल्दै फाएनलमा स्थान पक्का गरेको छ ।
फाइनल खेल मे २९ मा अजरवैजानको बाकु स्टेडियममा हुदैछ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.