7 years ago
May 10, 2019
एजेन्सी – इंग्लिस क्लब आर्सनल युइएफए युरोपा लिगको फाइनल फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा आर्सनलले स्पेनिस क्लब भ्यालेन्सियामाथि ४–२ को सहज जित निकाल्दै उपाधि नजिक पुगेको हो ।

आर्सनल समग्रमा ७-३ ले अघि बढेको हो । पहिलो लेगमा आर्सनल ३–१ ले विजयी भएको थियो । स्पेनमा भएको खेलमा आसर्नललाई सहज जित दिलाउन पिएरे एमरिक औवामियाङले ह्याट्रिक तथा एलेसान्द्रे लाकाजेटले एक गोल थपे । घरेलु टोलीका दुवै गोल केभिन गेमेरोले गरे ।

खेलको ११औं मिनेटमा केभिन गेमेरोले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । १७औं मिनेटमा आर्सनलका पिएरे एमरिकले बराबरी गोल फर्काउदा पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो । ५०औं मिनेटमा लाकाजेटले गोल गर्दै आर्सनललाई २–१ ले अघि बढाए ।

५८औं मिनेटमा गेमेरोले पुनः गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । ६९औं मिनेटा पिएरेले गोल गर्दै खेललाई ३–२ को अवस्थामा ल्याए । ८८औं मिनेटमा पिएरेले ह्याट्रिक पुरा गर्दै आर्सनललाई ४–२ को सहज जित दिलाए ।
अब आर्सनलले उपाधिका लागि अर्काे इंग्लिस टोली चेल्सीको सामाना गर्नेछ । चेल्सीले फ्रान्कफर्टलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ । फाइनल खेल अजरवैजानको बाकु स्टेडियममा मे २९ मा हुदैछ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]