7 years ago
May 10, 2019
एजेन्सी – युरोपेली च्याम्पियन्स लिगमा डच टोली आयाक्सलाई सेमिफाइनलसम्म पुर्याएका युवा कप्तान माथिस डे लिग्ट क्याटलान क्लब बार्सिलोना जाने भएका छन् ।

डे लिग्टको ट्रान्सफरलाई लिएर दुई क्लबबीच अनुबन्धन रकमबारे सम्झौता भइसकेको छ । नेदरल्यान्डका युवा डिफेन्डरलाई क्लबमा भित्र्याउन बार्सिलोनाले ७० मिलियन युरो खर्चने भएको छ । च्याम्पियन्स लिग सेमिफाइनलमा टोटेनहमसँग पराजित भएपछि आयाक्सका कार्यकारी अधिकृत एडविन भान डर सारले डे लिग्टले क्लब छाड्ने प्रष्ट पारेका थिए । म्यानचेस्टर युनाइटेडले उनलाई भित्र्याउने प्रस्ताव गरेपनि डे लिग्ट आफैंले बार्सिलोना रोजेका हुन् ।
‘अब केहि खेल डे लिग्टका लागि आयाक्सको जर्सीमा अन्तिम खेल हुने छन् । उनी सायद इंग्ल्यान्ड वा स्पेनको क्लबमा जानेछन्,’ भान डर सारले भने । युवा अवस्थामै राष्ट्रिय टोलीको भरपुर अनुभव बोकेका डे लिग्टलाई विश्वकै सर्वोत्कृष्ट उदीयमान खेलाडी मानिएको छ । उनले १९ वर्षको उमेरमा नै सेमिफाइनलसम्म टोलीको कप्तानी गरेका हुन् ।
यसअघि नै बार्सिलोनाले आयाक्सका अर्का युवा प्रतिभा फ्रान्की डे जोङलाई टोलीमा समेटीसकेको छ । फ्रान्की यसै सिजनको अन्त्यमा आयाक्स छाडेर बार्सिलोना प्रस्थान गर्नेछन् । डे लिग्ट र डे जोङको पैसा खर्च गरेर आयाक्सले आफ्नो टोलीलाई थप बलियो बनाउने लक्ष्य राखेको छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]