7 years ago
May 10, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली महिला राष्ट्रिय टोलीका सावित्रा भण्डारी र अनिता बस्नेत सम्मिलित सेथु फुटबल क्लबले इन्डियन वुमन्स लिगमा लगातार तेस्रो जित हासिल गरेको छ ।

सेथुले शुक्रबार स्पोर्टस् एकडेमी अफ इन्डिया (एसएआई) लाई ९–० ले हराउँदा सावित्राले १ गोल गरेकी थिइन् । यद्दपी उनी शुक्रबारको खेलमा भने पहिलो रोजाइमा थिइनन् । अनिताले भने आजको खेलमा पहिलो रोजाइमा मौका पाएकी थिइन् ।
सेथुको फराकिलो जितमा रतनवाला ४, सन्ध्या रंगनाथनले २ तथा इन्दुमती, ग्रेस र सावित्राले समान १ गोल गरेका थिए । क्लबका लागि सावित्राको त्यो छैटौं गोल थियो ।
तीन खेलमा गोल गरेकी सावित्राले पहिलोमा ४, दोस्रा र तेस्रोमा समान १ गोल गरेकी थिइन् । आइतबार कोल्हापुर सिटिको सामना गर्ने सेथुले अन्तिम लिग खेल १८ मे मा बरोडासँग खेल्नेछ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]