7 years ago
May 11, 2019
एजेन्सी – म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पल पोग्बाले लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोका कारण आधुनिक फुटबलमा अन्य खेलाडीको स्तरमाथि नै प्रश्न उठेको अभिव्यक्ति दिएका छन् ।

पोग्बाले आफ्नो यस सिजनको प्रदर्शन राम्रो भएपनि विश्व फुटबलमा मेसी र रोनाल्डोले गरेको प्रदर्शनका कारण अन्य खेलाडीको प्रदर्शन छायाँमा परेको बताएका हुन् । यी दुई खेलाडीले विगत एक दशकमा लगातार राम्रो प्रदर्शन गर्दा अन्य खेलाडीबाट पनि सोहि किसिमको अपेक्षा गर्न नहुने पनि उनले प्रष्ट पारे ।
‘ मेसी र रोनाल्डोले पछिल्लो एक दशकमा गरेको प्रदर्शन सामान्य होइन । यो निकै विशेष छ र सायद दोहोरिन पनि कठिन छ । लगातार एकै स्तरको प्रदर्शन गरिरहन सहज हुँदैन,’ उनले थपे, ‘विगतमा एकै सिजनमा २० गोल गर्ने खेलाडी पाउन धौ-धौ हुन्थ्यो । अहिले मेसी र रोनाल्डोको आगमनपछि अन्य खेलाडीको प्रदर्शन पनि सोहि किसिमको होस् भन्ने अपेक्षा हुन्छ । त्यो सम्भव छैन ।’
पोग्बाले विगतको तुलनामा अहिले फुटबल स्तर बढेको बताए । ‘फुटबल निकै परिवर्तन भएको छ । मैले डेल पिएरो, लुइस फिगो, फ्रान्सेसको टोट्टी लगायत खेलाडीको खेल हेरेर हुर्किएँ । यी सबै खेलाडी आ-आफ्नो जमानाका सफल खेलाडी हुन् । तर यीमध्य धेरैले हरेक सिजन २० गोल पनि गरेका थिएनन् । अहिले मेसी र रोनाल्डोको प्रदर्शनले अन्य यस्ता खेलाडी छायाँमा परेका छन्,’ पोग्बाले प्रष्ट पारे ।
२६ वर्षीय पोग्बाले फ्रान्सलाई विश्वकप दिलाउँदै सिजन सुरुवात गरेका थिए । उनले यस पटक आफ्नो करिअरकै उत्कृष्ट प्रदर्शन गर्दै १६ गोल पनि गरे । यसका बाबजुद समर्थकहरु उनको प्रदर्शनबात सन्तोष मानिरहेका छैनन् । पोग्बा भने यसलाई लिएर चिन्तित देखिँदैनन् ।
‘मैले जुनसुकै पोजिसनमा पनि आफूलाई खेल्न सक्ने बनाएको छु । मैले आक्रमण होस् या डिफेन्स, टोलीको रणनीति अनुसार नै प्रदर्शन गरेको छु । प्रशिक्षकको सोचाइ र खेल्ने शैलीमा मेरो प्रदर्शन निर्भर हुन्छ,’ पोग्बाले प्रष्ट पारे ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]