default_image

7 years ago

May 11, 2019

जावालखेललाई सिन्धुकप फुटबल उपाधि

110 views

0 Bookmark

लामोसाँघु (हाम्रा खेलकुद)- ए डिभिजन टोली जावलाखेल युथ क्लबले सिन्धुकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

सिन्धुपाल्चोक लामोसाँघुस्थित बसन्तपुर मैदानमा शनिबार गोर्खा ब्वाईज क्लब रुपन्देहीलाई २–० गोल अन्तरले पराजित गर्दै जावलाखेल च्याम्पियन बनेको हो । जावालखेलले १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो ।

जावलाखेललाई जितमा दुवै गोल विदेशी खेलाडी बोरिसले गरे । १८ औं मिनेटमा पहिलो गोल गरेका बोरिसले अर्को गोल ६१ औं मिनेटमा गरेका थिए । ३६ औं मिनेटमा डाम्बियाले रातो कार्डको सामना गरेपछि जावलाखेल १० खेलाडीमा सिमित भएको थियो ।

जावलाखेलले उपाधिसहित ५ लाख र गोर्खा ब्वाइजले २ हजार ५० हजार रुपैयाँ प्राप्त गर्यो । युथ स्पोर्टस् क्लबले आयोजना गरेको प्रतियोगितामा ८ टोलीको सहभागिता थियो ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.