default_image

7 years ago

May 11, 2019

चावहिल बीबीसी कपको सेमिफाइनलमा

118 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- चावहिल स्पोर्टस क्लब काभ्रे बनेपामा जारी नेपाल आइस बीबीसी कपको सेमिफाइनलमा पुगेको छ । तिमालको एक्टिभ स्पोर्टस काउन्सिललाई शनिबार ५–२ ले हराउँदै चावहिलले अन्तिम ४ को यात्रा तय गरेको हो ।

चावहिलका लागि सोम थापाले ह्याट्रिक गरेका थिए भने, अमिर केसी र रमेश घिसिङले समान १ गोल गरे । एक्टिभका लागि दुवै गोल सरोज राउतले गोल गरेका थिए । चावहिलका सोम म्यान अफ दी म्याच घोषित भएका थिए ।

शनिबारका अन्य दुई खेलमा ब्याच नं २०६५ धुलिखेल र बनेपा स्पोर्टस सेन्टर सनराइज विजयी भएका छन् । धुखिलले मानेश्वरी ग्रुप पनौतिलाई २–० ले हरायो । दुवै गोल सन्जय डंगोलल गरेका थिए । सञ्जय नै खेलको म्यान अफ दी म्याच घोषित भए ।

अर्को खेलमा बनेपालले महेन्द्र ज्योति साँगालाई टाइब्रेकरमा ५–४ मा पराजित गर्यो । यी दुई टोलीबीचको निर्धारित समय १–१ को बराबरीमा टुंगिएको थियो । महेन्द्र ज्योतिका लागि रन्जित गुरुले र बनेपाका लागि स्टेभेन वाट्जाले गोल गरे ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.