default_image

7 years ago

May 11, 2019

बुन्डेसलिगा उपाधि छिनोफानो अन्तिम खेलमा हुने

116 views

0 Bookmark

एजेन्सी – जर्मन बुन्डेसलिगाअन्तर्गत शनिबारको खेलका नतिजासँगै उपाधि होडमा थप रोमान्च थपिएको छ । लिगको शीर्षस्थानमा रहेको साविक विजेता बायर्न म्युनिख गोलरहित बराबरीमा रोकिनु र डर्टमुन्डको जितले लिग उपाधि छिनोफानो अन्तिम दिनसम्म लम्बिएको हो ।

तेस्रो स्थानको आरबी लाइपजिगले घरेलु मैदानमा बायर्न म्युनिखलाई गोलरहित बराबरीमा रोकेपछी बायर्नले उपाधि पक्का गर्न सकेन । यस खेल जितेको भए बायर्नले उपाधि रक्षा गर्ने थियो । यता डर्टमुन्डले भने घरेलु मैदानमा फोर्चुना डसलडर्फमाथि ३-२ को रोमान्चक जित निकाल्यो ।

पहिलो हाफको ४१ औं मिनेटमा क्रिस्टियन पुलिसिचले डर्टमुन्डलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ४७ औं मिनेटमा ओलिभर फिन्कले डसलडर्फका लागि बराबरी गोल फर्काए । त्यसको ६ मिनेट नबित्दै थोमस डिलेनीले डर्टमुन्डको अग्रता पुन:स्थापित गरे ।

इन्ज्युरी सामुको पहिलो मिनेटमा मारियो गोट्जेले डर्टमुन्डलाई २ गोलको अग्रता दिलाए । तर लगत्तै दाविद कोनाकीले डसलडर्फको लागि गोल फर्काए । डर्टमुन्डले एक गोलको अग्रता जगाउँदै लिगको छिनोफानो अन्तिम खेलसम्म पुर्यायो ।

एक खेल बाँकी रहेको अवस्थामा बायर्नको ७५ अंक छ भने डर्टमुन्डको ७३ अंक रहेको छ । अन्तिम चरणको खेलमा डर्टमुन्डले बोरुसिया मोन्चेनग्लाडबाकको मैदानमा खेल्नेछ । बायर्नले भने आइन्ट्राक्ट फ्रान्कफर्टको अतिथ्यता गर्नेछ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.