7 years ago
May 11, 2019
काठमाडौं (हाम्रो खेलकुद)– विन्ध्यवासिनी फुटबल क्लब मोरङ धनकुटामा सुरु भएको १४ औं सहिद भिमनारायण गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ ।

भारत सिलीगुढीको रोयल क्लबलाई शनिबार सडन डेथमा हराउँदै विन्ध्यवासिनी अघिल्लो चरणमा पुगेको हो । पेनाल्टीमा विन्ध्यवासिनीका लागि डाडी, सुशील राई, विनोद केसी, तीर्थ बस्नेत, एलेक्स र अशोक खवासले गोल गरे ।
रोयलका लािग क्रिस, सोनम भुटिया, प्रशान्त राई आशिष देवान र रोनाल्डले गोल गरे । विन्ध्यवासिनीका सूर्य अधिकारी खेलको म्यान अफ दी म्याच घोषित भए र उनले ५ हजार रुपैयाँ प्राप्त गरे । संघिय सांसद राजेन्द्र राईले प्रतियोगिताको उद्घाटन गरेका थिए ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]