default_image

5 years ago

May 12, 2019

जिदानले बेललाई फेरिपनि टोलीमा राखेनन्

एजेन्सी – रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले वेल्स फरवार्ड ग्यारेथ बेललाई लगातार दोस्रो खेलका लागि आफ्नो टोलीबाट बाहिर राखेका छन् । अघिल्लो साता भिल्लारियलविरुद्ध खेलमा टोलीबाट बाहिर रहेका बेल यस साता रियल सोसीडाडविरुद्ध खेलको लागि पनि समेटिएका छैनन् । प्रशिक्षक जिनेदिन जिदानले बेलको स्थानमा युवा खेलाडी ब्राहिम डियाज, भिनिसियस जुनियर, मारियानो डियाज र लुकास भाज्केजलाई […]

25 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले वेल्स फरवार्ड ग्यारेथ बेललाई लगातार दोस्रो खेलका लागि आफ्नो टोलीबाट बाहिर राखेका छन् ।

अघिल्लो साता भिल्लारियलविरुद्ध खेलमा टोलीबाट बाहिर रहेका बेल यस साता रियल सोसीडाडविरुद्ध खेलको लागि पनि समेटिएका छैनन् । प्रशिक्षक जिनेदिन जिदानले बेलको स्थानमा युवा खेलाडी ब्राहिम डियाज, भिनिसियस जुनियर, मारियानो डियाज र लुकास भाज्केजलाई टोलीमा राखेका छन् । फ्रान्सेली फरवार्ड करीम बेन्जेमा पनि टोलीमा फर्किएका छन् ।

रियलको डिफेन्समा अपनी चोटका कारण ठूलो समस्या आइपरेको छ । कप्तान सर्जियो रामोससँगै अर्का डिफेन्डर राफेल भारानेपनि चोटका कारण टोलीमा अटाएका छैनन् । गोलरक्षक केलर नाभास र सर्जियो रेगुलियन पनि बाहिर रहेका छन् । जिदानले मिडफिल्डर मार्कोस लोरेन्टेलाई भने टोलीमा समेटेका छन् ।

ला लिगा अन्तर्गत आइतबार ३७ औं चरणका सबै खेल एकै समयमा हुँदैछन् । नेपाली समयानुसार खेल रातको १०:१५ बजे सुरु हुनेछ । रियलले सोसिडाडको मैदानमा खेल्दैछ ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.