7 years ago
May 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – मिनेर्भा पन्जाब फुटबल क्लबका युवा खेलाडी थोइबा सिंह मोइराङथेमले मनाङ मर्स्याङदी विरुद्ध गोल गर्दै एएफसी कप प्रतियोगितामा कीर्तिमान रचेका छन् ।

एएफसी कप अन्तर्गत बुधबार एन्फा कम्प्लेक्समा भएको समूह चरणको चौथो खेल मनाङ मर्स्याङदी क्लब र मिनेर्भा पन्जाव फुटबल क्लबले १-१ को बराबरीमा सकियो । उक्त खेलमा मिनेर्भालाई अग्रता दिलाएका थोइबा सिंह मोइराङथेमले एएफसी कपमा गोल गर्ने सबैभन्दा कम उमेरको खेलाडी बन्दै कीर्तिमान रचेका छन् ।
थोइबाले खेलको ४० औं मिनेटमा गोल गर्दै मिनेर्भालाई अग्रता दिलाएका थिए । उनले मनाङका गोलरक्षक विशाल श्रेष्ठले बचाए फर्केपछि आएको रिबाउन्ड बललाई गोलमा परिणत गरेका थिए । थोइबाको उमेर १६ वर्ष ५ महिना ३ दिन मात्र रहेको छ ।

थोइबाले गतवर्ष नेपालमा भएको साफ यू-१६ प्रतियोगितामा भारतको प्रतिनिधित्व गर्दै उपाधि जितेका थिए । नेपाललाई फाइनलमा हराउँदै भारत च्याम्पियन भएको थियो ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]