default_image

7 years ago

May 15, 2019

रुपन्देहीमा ‘ग्रासरुट फुटबल डे’

90 views

0 Bookmark

बुटवल (हाम्रो खेलकुद) – बालबालिकालाई लक्षित गरेर अखिल नेपाल फुटबल संघ (एन्फा) ले यस वर्षदेखि प्रत्येक जिल्लामा ग्रास रुट प्रशिक्षण सुरु गरेको छ । खेलाडी उत्पादन गर्ने लक्ष्यसहित एन्फाले गत भदौ देखि ग्रास रुट फुटबलको प्रशिक्षण सुरु गरेको थियो ।

जस अन्र्तरगत जिल्ला फुटबल संघ रुपन्देहीले विशेष कार्यक्रमको आयोजना गर्दै बुधबार ग्रासरुट डे मनाएको हो । ग्रास रुट फुटबल जिल्लाका बिभिन्न विद्यालयका ३ सय भन्दा बढी बालबालिकाको सहभागिता रहेको जिल्ला फुटबल सघं रुपन्देहीका अध्यक्ष दिर्घबहादुर केसी ले जानकारी दिए ।

एसियाली फुटबल महासंघ (एएफसी) ले हरेक वर्ष मे १५ तारिखलाई ग्रासरुट डेको रुपमा मनाउदै आएको छ । एन्फाले नेपालका तीन जिल्लामा ग्रास रुट डे मनाउने निर्णय गरेको थियो । एन्फाको निर्णय अनुसार रुपन्देही सहित बारा र सुनसरीमा पनि ग्रास रुट डे मनाइएको बताइएको छ ।

कार्यक्रममा बोल्दै जिल्ला फुटबल सघं रुपन्देहीका अध्यक्ष केसीले नेपाली फुटबलको विकासका लागि ल्याइएको ग्रास रुट कार्यक्रमबाट दक्ष खेलाडी उत्पादन हुनेमा विश्वस्त रहेको बताए ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.