default_image

7 years ago

May 16, 2019

रोबेनले सन्यासका विषयमा सोच्ने

120 views

0 Bookmark

म्युनिख (एजेन्सी)– आर्जेन रोबेनले सिजनको अन्त्यमा बायर्न म्युनिख छाडेपछि सन्यासका विषयमा गम्भिरतापूर्वक सोच्ने बताएका छन् । बायर्नमा १० वर्षका बिताएका रोबेनले जारी सिनजको अन्त्यसँगै क्लब छाड्ने बीबीसीले जनाएको छ ।

रोबेन इटालिन क्लब इन्टर मिलान वा आफनै सहरको ग्रोनिगेन जाने सम्भावना रहेको बताइएको छ । मंगलबार म्युनिखमा आयोजित पत्रकार सम्मेलनमा रोबेनले बार्यन छाडेपछि के भन्ने विषयमा आफुलाई नै थाहा नभएको बताए ।

उनले भनेका थिए, ‘चोटका कारण मैले निर्णय लिने सवालमा अलिक समय लिएको हु । म पहिला त मैदान फर्कन चाहेन्थे । ‘चोटका कारण नोभेम्बरदेखि मैदान बाहिर रहेका उनी दुई साता अघि मैदान फर्केका थिए ।

‘ इमान्दार भएर भन्नुपर्दा निर्णय लिने विषयमा श्रीमतिले सुझाउने छिन् । निर्णय लिने सजिलो काम होइन,’ रोबेनले थपे,’ यदि खेल्ने टुंगोमा पुगेमा आफुले आफ्नालाई टोलीमा ठाँउ बनाउन सक्नुपर्दछ । ‘

सबै खाले फुटबलबाट सन्यास लिने हो भन्ने प्रश्नमा उनको जवाफ थियो । सम्भव छ । सबै विकल्पमा खुला छु, उनले भने, तर मलाई थाहा छैन । के हुन्छ । ‘ बायर्नले सन् २०१३ मा तीन वटा उपाधि जित्दा नेदरल्यान्ड्का रोबेन टोलीको मुख्य सदस्य थिए ।

उनी आठौं पटक बुन्डेस लिगा उपाधि जित्ने क्रममा छन् । जसमा लगातार सात उपाधि हुनेछ । तर, त्इसका लागि शनिबार बायर्नले इन्ट्रयाक्ट फ्रान्कफर्टलाई हराउनुपर्नेछ ।

शनिबारको महोलको अनुमान गर्दा जिउका रौ ठाडो भएर आउनु रोबेनले स्वीकारे । ‘शनिबार उपाधि जित्ने । ७० हजार समर्थकका माझमा ,’उनले भने, ‘त्यो भन्दा राम्रो अरु के हुन सक्दैन ।’

क्लबका लागि आफ्नो अन्तिम लिग खेलबाट उनी उपाधि जित्न चाहन्छन् । यदि शनिबारको खेल जित्न नसेको खण्डमा भने सात वर्षयता पहिलो पटक बोरुसिया डर्टमुन्डले उपाधि जित्नेछ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.