default_image

7 years ago

May 16, 2019

आयाक्स ५ वर्षपछि डच लिग च्याम्पियन

200 views

0 Bookmark

एजेन्सी – युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता युइएफए च्याम्पियन्स लिगमा अभुतपुर्व प्रदर्शन गर्दै सेमिफाइनल यात्रा तय गर्न सफल भएको आयाक्स ५ वर्षपछि डच लिग च्याम्पियन बनेको छ ।

५ वर्षपछि नेदरल्यान्डको शीर्ष डिभिजनको लिग च्याम्पियन बन्ने क्रममा आयाक्सले बुधबार राति भएको खेलमा डि ग्राफस्क्यापलाई ४–१ ले पराजित गर्दै च्याम्पियन बनेको हो । आयाक्सको जितमा अन्तिम खेल खेलिरहेका डुसान टाडिकले दुई गोल गरे । लासे स्काने र निकोलस ट्याग्लियाफिकोले समान १ गोल गरे । पराजित टोलीका युसेफले एक गोल फर्काए ।

आयाक्स सन् २०१४ पछि डच लिग च्याम्पियन बनेको हो । आयाक्स समग्रमा ३४औं पटक डच लिग च्याम्पियन बनेको हो । आयाक्सले एकमहिना अघि मात्रै केएनभीबी कपको पनि च्याम्पियन बनेको थियो ।

च्याम्पियन बन्ने क्रममा आयाक्सले दोस्रो स्थानको पीएसभी इन्डोभेनलाईलाई ३ अंकले पछि पारेको हो । आयाक्सले ३४ खेलबाट ८६ अंक जोड्दा दोस्रो स्थानमा रहेको पीएसभीले ८३ अंक जोड्यो । पीएसभीले बुधबार राति नै हेराक्लेस अल्मेलोलाई ३–१ ले पराजित गरेको थियो ।

फ्रेन्की डे जङ, म्याथ्थिज डे लेट, हाकिम जियाच, डुसान टाडिक र डोनी भान डिकले सम्भवत् आयाक्सका लागि अन्तिम खेल खेले । डिफेन्डर डे लिट स्पेनिस क्लब बार्सिलोनाले ६५ मिलियन पाउन्डमा अनुबन्ध गर्ने प्रयास थालिसकेको छ । अन्य खेलाडीहरुलाई युरोपका ठुला क्लबहरुले अनुबन्ध गर्ने प्रयास गरिसकेको छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.