7 years ago
May 16, 2019
एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले यो सिजन निकै खराव प्रदर्शनलाई निरन्तरता दियो । रियलले यस्तो खालको कमजोर प्रदर्शन कहिल्यै गरेको थिएन ।

खराव प्रदर्शनलाई निरन्तरता दिदा रियल यो सिजन उपाधि विमुख बन्यो । रियल च्याम्पियन्स लिग, स्पेनिस ला लिगा र स्पेनिस कोपा डेल रेको उपाधिबाट विमुख बन्यो । टिमले यतिसम्मको कमजोर प्रदर्शन गर्नुमा सिजनको सुरुमै सदावहार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो र प्रशिक्षक जिनेदिन जिदानले क्लब छाड्नुलाई लिइएको छ ।
९ महिनापछि जिदान रियलमा फर्किएका छन् । उनले आफुले तीन वर्ष रियलमा विताएको सफल कार्यकाललाई दोहोर्याउन यो समरमा टिममा व्यापक फेरबदल गर्ने तयारी गरेका छन् । प्रशिक्षक जिदानले यो सिजन इडेन हजार्ड, पल पोग्वा र लुका जोभिकजस्ता खेलाडीलाई अनुबन्धित गरी टिमबाट करिव १४ खेलाडीलाई बिदा गर्ने नामावली तयार पारेका छन् । जसमा सबैभन्दा ठुलो नाम ग्यारेथ बेल रहेको छ ।
रियलबाट बाहिरिने १४ खेलाडीहरु:
केलर नाभास (गोलरक्षक)
जेसस भालेजो (डिफेन्डर)
थियो हर्नान्डेज (डिफेन्डर)
सर्जियो रिगुइलन (डिफेन्डर)
ड्यानी सेवालस (मिडफिल्ड)
मार्काेस लोरेन्टे (मिडफिल्ड)
माटियो कोभासिस (मिडफिल्ड)
हामेस रोड्रिग्वेज (मिडफिल्ड)
मार्टिन ओडेगार्ड (मिडफिल्ड)
ओस्कार रोड्रिग्वेज (मिडफिल्ड)
ग्यारेथ बेल (फरवार्ड)
लुकास भास्क्वेज (फरवार्ड)
ब्राहिम डियाज (फरवार्ड)
मारियानो डियाज (फरवार्ड)
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]