7 years ago
May 16, 2019
अर्जेन्टिना (एजेन्सी) – अर्जेन्टिना राष्ट्रिय टोलीका पूर्व फरवार्ड ग्यब्रिएल बाटिस्टुटा फुटबलबाट सन्न्यास लिएपछि अहिले हिड्न नसक्ने अवस्थामा पुगेका छन् । खेल जीवनमा अत्यधिक मिहेनती खेलाडीका रुपमा परिचित बाटिस्टुटाले फिफासँग लिएको अन्तर्वार्तामा बोल्दै आफुले अत्यधिक दुखाइका कारण डाक्टरलाई खुट्टा काटिदिन आग्रह गरेको खुलासा गरे ।

इटालियन क्लब फियोरेन्टिना, इन्टर मिलान र एएस रोमाबाट खेल्दै २ सय भन्दा बढी गोल गरेका बाटिस्टुटाले सन् २००५मा सन्न्यास लिएका थिए । उनले फिफासँगको अन्तर्वार्तामा आफुले धेरै मिहेनत गरेको कारण अहिले निकै दुख भोगेको बताए । ‘मैले आफ्नो खेलजीवनमा फुटबल बाहेक केहि पनि हेरिन। अहिले मेरो खुट्टामा निकै दुखाइ छ । मलाई सामान्यरुपमा हिड्न पनि निकै गाह्रो हुन्छ । मैले डाक्टरलाई मेरो खुट्टा काटेर उपचार गर्न पनि भनेको थिएँ तर त्यो सम्भव भएन ।’
लगातार १७ वर्षसम्म व्यवसयिक फुटबल खेलेका बाटिस्टुटाले लामो समय खेल्दा आफ्नो खुट्टा निकै कमजोर भएकोले यस्तो भएको बताए। उनले त्यस समयको इटालियन फुटबल र अहिलेमा निकै फरक रहेको पनि बताए। ‘त्यस समयमा इटालियन लिग अब्बल थियो, तर अहिले प्रिमियर लिग र ला लिगा निकै माथिल्लो स्तरमा छन् । मलाई आशा छ कि एकदिन इटालियन लिग पुन: माथि उठ्नेछ ।’
बाटिस्टुटाले सन्न्यास लिंदा उनि अर्जेन्टिनाका सर्वाधिक गोलकर्ता रहेका थिए। हाल लियोनेल मेस्सीले उक्त कीर्तिमान आफ्नो नाममा लेखाइसकेका छन् । बाटिस्टुटाले अर्जेन्टिनाका लागि ७८ खेलमा ५४ गोल गरेका थिए ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]