7 years ago
May 16, 2019
काभ्रे (हाम्रो खेलकुद)- चावहिल स्पोर्टस् क्लब नेपाल आइस बीबीसी कपको च्याम्पियन बनेको छ । बनेपा स्पोर्टस् क्लब (सनराइज) लाई बिहीबार २–० ले हराउँदै चावहिल च्याम्पियन बनेको हो ।

चावहिलका परेश राई र सोम थापाले दोस्रो हाफमा गोल गर्दै टिमलाई च्याम्पियन बनाए । काभ्रेको बनेपास्थित नेपाल बनेपा पोलिटेक्निक इन्स्टिच्युटको खेल मैदानमा निकै नै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
तर, दोस्रो चावाहिलले चार विदेशी खेलाडी सम्मिलित बनेपाविरुद्ध दुई गोल गर्न सफल भयो । खेलको ५०औं मिनेटमा परेश राईले गोल गर्दै चावहिलललाई अग्रता दिलाएका थिए । इन्ज्युरी समयमा सोम थापाले गोल गर्दै टिमलाई २–० को जित दिलाएर च्याम्पियन बनाए ।
त्यसअघि पहिलो हाफमा दुवै टोलीले गोलका केही मौका खेर फालेको थियो । खेलको १५औं मिनेटमा विदेशी खेलाडीको प्रहार क्रसबामा लागेर फर्कदा बनेपाले खेलमा अग्रता बनाउने मौकार खेर फालेको थियो ।
त्यसपछि बनेपाका दुई प्रहारलाई चावाहिलका गोलरक्षकले विफल पारिदिएका थिए । चावाहिलका कप्तान सुसन लामा खेलको म्यान अफ दि म्याच घोषित भए । उनले २ हजार रुपैया पाए ।
उपाधिसँगै चावहिलले २ लाख रुपैया हात पा¥यो । दोस्रो भएको बनेपाले १ लाख रुपैयामा चित्त बुझायो । बनेपाका स्टेभन वाज्दा प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी चुनिए ।
चावाहिलका सोम थापा सर्वाधिक गोलकर्ता, बनेपाका विशाल सनवाल उत्कृष्ट गोलरक्षक तथा चावाहिलाका गाल्जेन शेर्पा उत्कृष्ट प्रशिक्षक चुनिए । उनीहरुले समान १० हजार रुपैया पाए ।
गत बैशाख २० गतेबाट नकआउटको आधारमा शुरु भएको प्रतियोगितामा विभिन्न ३६ टोलीको सहभागिता थियो ।
यसैबीच, डेढ वर्ष भन्दा लामो समयदेखि खेलकुद पत्रकारितामा सक्रिय रहेका हाम्रो खेलकुदडटकमका सम्पादक प्रकाश तिमल्सिना बिहीबार सम्मानित भएका छन् ।
सम्पादक तिमल्सिनालाई बीबीसीले नेपाल आइस बीबीसी कपको फाइनल दौरान खेलकुद क्षेत्रको बिकास, विस्तार, र प्रचारका लागि महत्वपुर्ण भुमिका खेलेको भन्दै सम्मानित गरेको हो।

काठमाडौंमा रहि व्यवसायिक खेलकुद पत्रकारका रुपमा सक्रिय रहने क्रममा तिमल्सिना अन्नपुर्ण पोस्ट दैनिक (२०५९–०६५), दैनिकी डटकम(०६५), नागरिक दैनिक (२०६५–७३) हुदै हाल हाम्रो खेलकुद डटकमका सम्पादकमा रुपमा सक्रिय छन् ।
उनलाई पुर्वमहिला, बालबालिका तथा समाज कल्याण राज्यमन्त्री कमला पन्त (आचार्य), क्लबका अध्यक्ष महेश कुमार कर्माचार्य र प्रतियोगिता संयोजक मणिकुमार तुम्रोकले सम्मान गरे ।
तिमल्सिना काभ्रे जिल्ला बेथानचोक गाउपालिका २ साविकको ढुंखर्कमा प्रेम बहादु रतिमल्सिना र टिका कुमारी तिमल्सिनाको दोस्रो सन्तानको रुपमा २०३५ पुस १ मा जन्मिएका हुन् ।
उनी नेपाल खेलकुद पत्रकार मञ्चको महासचिव र नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य रहिसकेका छन् ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]