7 years ago
May 17, 2019
लन्डन (एजेन्सी)– प्रिमियर लिग टोली चेल्सीले स्ट्राइकर गोन्जालो हिगुइनसँगको लोन सम्झौता नबढाउने भएको छ । युरोपा लिगको फाइनल पछि चेल्सीले अर्जेन्टिनाका फरवार्डलाई युभेन्ट्स फर्काउने सम्भावना रहेको बताइएको छ ।

३१ वर्षे फरवार्डले इंग्ल्यान्डमा प्रभाव पार्न सकेनन् । उनले चेल्सीका लागि २१ खेलमा मात्र ५ गोल गर्न सके । चेल्सीसँग उनका लागि दुई वटा विकल्प थियो । एउटा १५.७ मिलियन पाउन्डमा अर्को सिजनका लागि लोनमा राख्ने वा ३१.६ मिलियन पाउन्डमा खरिद गर्ने ।
हिगुइनको प्रदर्शनमा सुधार हुनेमा चेल्सीले अपेक्षा राखेको छैन । फिफाको सुरुवा प्रतिबन्धका वावजुद पनि चेल्सी हिगुइनलाई लोनमा राख्ने पक्षमा छैन । युभेन्ट्सपनि हिगुइन फर्किउन भन्ने पक्षमा छैन । कारण सम्झौता लोभलाग्दो छ । त्यसमाथि टोलीसँग क्रिस्टियानो रोनाल्डो छन् । आउने सिजन टोली अझै बलियो हुनेमा युभेन्ट्स आशावादी छ ।
चेल्सीको निर्णयलाई टोलीका प्रशिक्षक माउरिजियो सारीले कसरी लिनेछन् त्यो भने हेर्न लायक हुनेछ । सारी हिगुइनका ठूला समर्थक मध्य पर्छन् । उनीहरुले नेपोलीमा सँगै काम गरेका थिए ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]