default_image

7 years ago

May 17, 2019

रियल र जोभिक सम्झौता नजिक

90 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिड र जर्मन क्लब फ्रान्कफर्टका फरवार्ड लुका जोभिक सम्झौता नजिक पुगेको छ ।

रियलले जोभिकलाई ५ वर्षका लागि ५२ मिलियन पाउन्डमा क्लबमा अनुबन्ध गर्न सम्झौता नजिक पुगेको हो । जोभिक रियलमा पुगे फ्रान्कफर्टले उक्त रकमको १० मिलियन पाउन्ड जोभिकको पुर्व क्लब बेन्फिकालाई तिर्नेछ । उनलाई केही दिनमै सार्वजनिक गरिने क्लबले जनाएको छ ।

पोर्चुगिज क्लब बेन्फिकाबाट यसै सिजन लोनमा फ्रान्कफर्ट पुगेका जोभिकले उच्च प्रदर्शन गरेका थिए । जोभिकले यो सिजन ४७ खेलमा २७ गोल गरेका थिए ।फ्रान्कफर्टले जोभिकलाई स्थायी रुपमा अनुबन्ध गर्ने प्रयास थालेको थियो । तर, रियल यसमा सफल भएको हो ।

जोभिकले बुन्डेस लिगामा ३१ खेलमा १७ गोल गर्दा ५ असिस्ट र युरोपा लिगको १४ खेलमा १० गोल र एक असिस्ट गरेका थिए । उनकै उच्च प्रदर्शनमा फ्रान्कफर्ट युरोपा लिगको सेमिफाइनलसम्म पुग्न सफल भएको थियो ।

सर्वियन क्लब रेड स्टार बेलग्रेडबाट जोभिक २०१६ मा बेन्फिका पुगेका थिए । बेन्फिकामा चार खेल खेल्दै जोभिक २ वर्षे लोनमा फ्रान्कफर्ट पुगेका थिए । जोभिकले बुन्डेस लिगा अन्तरगत शनिबार राति उपाधि होडमा रहेको बायर्न म्युनिखविरुद्ध खेल्दैछ यही खेलपछि नै उनले आफ्नो भविष्यबारे घोषणा गर्नेछ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.