default_image

7 years ago

May 17, 2019

चेल्सीका लफटस चिक एकवर्ष मैदान बाहिर !

179 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्ड तथा चेल्सीका मिडफिल्डर रुवेन लफटस चिक एक वर्ष मैदान बाहिर रहने भएको छ ।

अमेरिकी एमएलएस क्लब न्यु इंग्ल्यान्ड रिभोलुसनसँगको मैत्रीपुर्ण खेल दौरान रुवेनले खुट्टाको अचेलेसमा चोट बोकेका थिए । मैत्रीपुर्ण खेल चेल्सीले ३–० ले सहजै आफ्नो पक्षमा पारेको थियो । तर, चेल्सीको उक्त जित निकै महँगो सावित भयो ।

दोस्रो हाफमै मैदान छिरेका चिक खेलको ६९औं मिनेटमा चोट बोक्दै मैदानबाट बाहिरिएका थिए । उनको बाँगा खुट्टा पुरै भाँचिएको छ । उनको बुधबार नै शल्यक्रिया गरिएको छ । शल्यक्रिया गरेसँगै उनी कम्तीमा पनि एक वर्ष मैदान बाहिर रहने क्लबले जनाएको छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.