default_image

7 years ago

May 17, 2019

पोचेटिनो युभेन्टस जाने सम्भावना !

142 views

0 Bookmark

टुरिन (एजेन्सी)– टोटेनहम हट्सपरका प्रशिक्षक माउरिसियो पोचेटिनो युभेन्ट्सको भावी प्रशिक्षकका रुपमा नियुक्त हुने बलियो सम्भावना रहेको बताइएको छ । जारी सिजनको अन्त्यसँगै वर्तमान प्रशिक्षक मासिमिलियानो एलिग्री पदबाट अलग हुने युभेन्ट्सले प्रष्ट पारिसकेपछि पोचेटिनोको चर्चा सुरु भएको हो ।

५१ वर्षे इटालियन एलिग्रीको नेतृत्वमा युभेन्ट्सले पाँच पटक इटालियन लिग जित्नुका लागि ४ वटा कोपा इटालीया उपाधि जितेको थियो । त्यस्तै सन् २०१५ र २०१७ मा टोली च्याम्पियन्स लिगको उप विजेता रहेको थियो ।

क्लबले विज्ञप्ती जारी गर्दै भनेको थियो, ‘ एलिग्री २०१९/२०२० को सिजनका लागि युभेन्ट्सको बेन्चमा हुने छैनन् ।’ प्रशिक्षक एलिग्री र क्लबका अध्यक्ष आन्द्रेय एग्निलीले शनिबार संयुक्त रुपमा पत्रकार सम्मेलन गर्ने बताइएको छ ।

जारी सिजनमा ६ खेल बाँकी रहँदै लिग च्याम्पियन बनेको युभेन्ट्सबाट एलिग्री अलग हुने यसअघि नै अपेक्षा गरिएको छ । टोलीले लगातार आठौं पटक सिरिए उपाधि जितिसकेको छ ।

एन्टोनियो कोन्टे र पेप ग्वार्डिओलालाई पनि एलिग्रीको उत्तराधिकारीको रुपमा हेरिएको छ । तथापी पोचेटिनोको सम्भावना सबैभन्दा बढी रहेको बताइएको छ । इटालियन सञ्चारमाध्यमका अनुसार युभेन्ट्सले सिजन सकिएपछि पोचेटिनोलाई सम्झौताको लागि प्रस्त्वव गर्नेछ ।

पोचेटिनो आफैं पनि सिजनको अन्त्यसँगै टोटेनह्याम छाड्न मनस्थितिमा रहेको बताइएको छ । उनको नेतृत्वमा टोटेनह्याम यसपटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । जुन १ मा हुने फाइनलमा टोटेनहमले लिभरपुलको सामना गर्नेछ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.