default_image

7 years ago

May 17, 2019

के गर्छन् ग्रिज्मन ?

98 views

0 Bookmark

एजेन्सी – एटलेटिको म्याड्रिडका फरवार्ड एन्टोइन् ग्रिज्मनले यसै साता स्पेनिस क्लब छाड्ने घोषणा गरे । फ्रान्सलाई विश्वकप उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका ग्रिज्मनले कुनै क्लबमा सम्झौता नगर्दै एटलेटिको छाड्ने निर्णय लिएका हुन् ।

बार्सिलोनाले लामो समयदेखि ग्रिज्मनलाई पछ्याएको खबर संचारमाध्यमले जनाउँदै आएका छन् । पछिल्लो ट्रान्सफर विन्डोमा बार्सिलोनाले औपचारिक रुपमा बार्सिलोनालाई प्रस्ताव पनि गरेको थियो । तर यसपटक भने बार्सिलोनाले कुनै अधिकारिक कदम अगाडी चालेको छैन । मंगलबार सामाजिक संजाल ट्वीटरमा भिडियो सार्वजनिक गर्दै ग्रिज्मनले आफ्नो निर्णय सुनाएका थिए ।

उनले सन् २०१४ मा रियल सोसीडाडबाट एटलेटिको आएयता २ सय ५६ खेल खेल्दै १ सय ३३ गोल गरेका छन् । लिगको दोस्रो स्थानमा रहेको एटलेटिकोले हालसम्म ग्रिज्मनको लागि कुनै क्लबबाट आधिकारिक प्रस्ताव प्राप्त गरेको छैन ।

ग्रिज्मनले एटलेटिकोमा रहँदा सन् २०१८ मा युरोप लिग जिते । उनले क्लबका लागि हासिल गरेको सफलता त्यहि मात्र हो । एटलेटिकोले यस सिजन घरेलु मैदानमा च्याम्पियन्स लिग खेल्ने लक्ष्य राखेको थियो । तर युभेन्टसले उत्कृष्ट पुनरागमन गर्दै एटलेटिकोको यात्रा अन्तिम १६ मा समाप्त गरेको थियो ।

ग्रिज्मनले अहिलेसम्म आफ्नो देश फ्रान्सको क्लबबाट खेलेका छैनन् । फ्रान्समा पेरिस सेन्ट जर्मेन (पीएसजी) ग्रिज्मनका लागि उत्तम विकल्प देखिन्छ । तर नेयमार र एमबाप्पे मध्य एकले क्लब नछाडे पीएसजीले ग्रिज्मनमाथि खर्च गर्न सक्ने अवस्था छैन । नेयमार रियल म्याड्रिड जाने हल्ला चलिरहँदा ग्रिज्मन फ्रान्सको राजधानी पेरिस जाने सम्भावना पनि प्रबल छ । यसले बार्सिलोनालाई भने घाटा हुन सक्छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.