default_image

7 years ago

May 17, 2019

‘सी’ डिभिजन छनोटमा ३८ टोली

112 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्न लागेको सहिद स्मारक ‘सी’ डिभिजन लिगका लागि छनोटमा यसपटक ३८ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

अखिल नेपाल फुटबल संघ एन्फाले आज सार्वजनिक गरेको खेल तालिका अनुसार आउदो ७ जेठबाट शुरु हुने छनोटमा मोफसलका १० टोलीसहित ३८ टोलीले प्रतिस्पर्धा गर्न लागेको एन्फाका लिग निर्देशक सन्जिव मिश्रले जानकारी दिए ।

झण्डै ४ वर्षपछि हुन लागेको लिगमा यसपटक सर्लाही, पर्सा, मकवानपुर, बारा, नवलपरासी, सर्लाही, नुवाकोट, काभ्रे, खोटाङ र ओखलढुङगाका टोली सहभागिता रहेको छ । निर्देशक मिश्रले ‘सी’ डिभिजन छनोटमा यसपटक सबैभन्दा धेरै टोलीको सहभागिता रहेको बताए ।

एन्फाले पहिलोपटक छनोट लिग लिगकम नकआउटका आधारमा सञ्चालन गर्दैछ । लिगमा सहभागी हुने ३८ टोलीलाई १२ समुहमा विभाजन गरिएको छ । लिग चरणका खेलहरु ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदान र लगनखेलमा रहेको बुद्धि विकास खेल मैदानमा हुनेछ ।

लिगको शीर्ष तीन टोली ‘सी’ डिभिजनमा बढुवा हुनेछन् । छनोट लिग ३ असारसम्म चल्नेछ । लिगको लागि एन्फाले सबै ३८ टोलीलाई तयारी स्वरुप ५ वटा बल दिनेछ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.