default_image

7 years ago

May 18, 2019

मार्सेलो र जुनियर ब्राजिलको टिम बाहिर

179 views

0 Bookmark

एजेन्सी – आसन्न कोपा अमेरिका कपको लागि स्पेनिस क्लब रियल म्याड्रिका स्टारद्वय मार्सेलो र भिनीसियस जुनियरलाई बाहिर राख्दै ब्राजिलको २३ सदस्यीय टिमको घोषणा भएको छ ।

ब्राजिलका मुख्य प्रशिक्षक टिटेले शुक्रबार राति २३ सदस्यीय टिमको घोषणा गर्दा मार्सेलो र भेनेसियस जुनियर टिममा पर्न असफल भएको हो ।

मार्सेलोले यो सिजन सोचेजस्तो प्रदर्शन गर्न सकेका थिएनन् । भिनीसियस जुनियर भने चोटका कारण टिम बाहिर रहेका हुन् । मार्सेलो ब्राजिलको टिम बाहिर रहने सबैभन्दा ठुलो र अनुभवी नाम हुन् । मार्सेलोले यो सिजन रियल म्याड्रिडमा निकै गाह्रो सिजन बिताएका थिए ।

सान्टियागो सोलारीको प्रशिक्षणमा कम मौका पाएका मार्सेलोले जिनेदिन जिदानको प्रशिक्षणमा आफ्नो लय अनुसार खेल्न सकेका थिएनन् । उनको स्थानमा इटालियन क्लब युभेन्टसका एलेक्स सान्ड्रो र एट्लेटिको मड्रिडका फिलिपे लुइसलाई टोलीमा समावेश गरिएको छ ।

गत मार्चमा पहिलोपटक सिनियर टिममा परेका युवा स्टार भिनीसियस जुनियरले चोटका कारण टिममा स्थान बनाउन सकेनन् । उनको स्थानमा आयाक्सका डेभिड नेरेसले मौका पाएका छन् । जुनियरले गत मार्चमा पानमा र चेक रिपब्लिकविरुद्धको दुई मैत्रीपुर्ण खेलमा मौका पाएका थिए ।

अघिल्लो दुई मैत्रीपुर्ण खेल चोटका कारण गुमाएका नेयमार जुनियरले स्थान बनाएका छन् । उनी ३ महिना मैदान बाहिर रहेका थिए । यस्तै फर्नाडिन्होले २०१८ को विश्वकपपछि पहिलोपटक टिममा स्थान बनाएका छन् ।

ब्राजिलले विश्वकप अघि कतार र होन्डुरससँग दुई मैत्रीपुर्ण खेल खेल्दैछ । ब्राजिलमै आयोजना हुन लागेको कोपा अमेरिका कपमा १४ जुनमा बोलिभियाविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ । ब्राजिल रहेको समूहमा भनेजुएला र पेरु रहेका छन् ।

ब्राजिलको पुर्ण टोली
एलिसन (गोलरक्षक)
कासियो (गोलरक्षक)
एडर्सन (गोलरक्षक)
एलेक्स सान्ड्रो (डिफेन्डर)
ड्यानी आल्भेस (डिफेन्डर)
इडर मिलिटाओ (डिफेन्डर)
फाग्नर (डिफेन्डर)
फिलिपे लुइस (डिफेन्डर)
मर्किन्होस (डिफेन्डर)
मिरान्डा (डिफेन्डर)
थियागो सिल्भा (डिफेन्डर)
एलान (मिडफिल्डर)
आर्थर (मिडफिल्डर)
क्यासेमिरो (मिडफिल्डर)
फिलिपे कौटिन्हो (मिडफिल्डर)
फर्नानडिन्हो (मिडफिल्डर)
लुकास पाक्वेटा (मिडफिल्डर)
डेभिड नेरेस (फरवार्ड)
एभर्टन (फरवार्ड)
रोबर्टाे फिर्मिनो (फरवार्ड)
गाब्रियल जेसस (फरवार्ड)
नेयमार (फरवार्ड)
रिचार्लीसन (फरवार्ड)

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.