7 years ago
May 18, 2019
एजेन्सी – ब्राजिलका प्रशिक्षक टिटेले कोपा अमेरिकाको लागि २३ सदस्यीय अन्तिम टोलीको घोषणा गरिसकेका छन् । १२ वर्षपछि उपाधि जित्ने लक्ष्य राखेको ब्राजिलले यसक्रममा रियल म्याड्रिडका २ सहित ८ स्टार खेलाडीलाई टोलीमा समावेश गरेको छैन ।

सन् २०१६ को संस्करणमा समूह चरणबाट नै बाहिरिएको टोलीले नवौं पटक उपाधि जित्ने लक्ष्य राखेको छ । ब्राजिलमा नै आयोजना हुने प्रतियोगिताको समूह चरणमा घरेलु टोलीले बोलिभिया, भेनेजुएला र पेरुको सामना गर्दैछ ।
ब्राजिललले टिटेको नियुक्तियता जम्मा २ खेल हारेको छ । त्यसमध्य एउटा रुस विश्वकप २०१८ मा बेल्जियमविरुद्धको हार पनि हो । त्यसयता ८ खेलमा अपराजित रहेको ब्राजिलले ७ खेल जित्दै आफूलाई प्रतियोगिताको दावेदारको रुपमा उभ्याएको छ ।
ब्राजिलको टोलीमा पर्न नसकेका ८ स्टार खेलाडी :
मार्सेलो (रियल म्याड्रिड, डिफेन्डर)
लुकास मोउरा (टोटेनहम, मिडफिल्डर)
फाबिन्हो (लिभरपुल, मिडफिल्डर)
भिनीसियास जुनियर (रियल म्याड्रिड, मिडफिल्डर)
डग्लस कोस्टा (युभेन्टस, मिडफिल्डर)
विलियन (चेल्सी, मिडफिल्डर)
फ्रेड (म्यानचेस्टर युनाइटेड, मिडफिल्डर)
डेविड लुइज (चेल्सी, डिफेन्डर)
ब्राजिलको अन्तिम टोली :
गोलरक्षक : एलिसन, क्यासिओ, एडरसन
डिफेन्डर : एलेक्स स्यान्ड्रो, ड्यानीएल आल्भेस, एडार मिलिसाओ, फाग्नर, फिलिपे लुइस, मार्किन्होस, मिरान्डा, थियागो सिल्भा
मिडफिल्डर : एलन, आर्थर, क्यसेमिरो, फर्नान्डीन्हो, पाकेटा, कोउटिन्हो
फरवार्ड : नेयमार, डेविड नेरेस, रोबर्टो फिर्मिनो, एभरटन, ग्यब्रिएल जेसस, रिचार्लीसन
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]