default_image

7 years ago

May 18, 2019

कसले जित्ला जर्मन बुन्डेस लिगा ?

100 views

0 Bookmark

एजेन्सी – झन्डै एक दशकपछि जर्मन बुन्डेस लिगाको उपाधि छिनोफानो अन्तिम लिग खेलमा हुँदैछ । शीर्षस्थानमा रहेको बायर्नलाई उपाधि जित्न मात्र १ अंक आवश्यक छ ।

उपाधि होडमा रहेका दुई टोली बायर्न म्युनिख र बोरुसिया डर्टमुन्डबीच मात्र २ अंकको फरक छ । बायर्नले आइन्ट्रयाक्ट फ्रान्कफर्टको सामना गर्दा डर्टमुन्डले बोरुसिया मोन्चेनग्लाडबाकको सामना गर्नेछ । डिसेम्बरमा बायर्नसँग ९ अंकको अग्रता लिएको डर्टमुन्डले अघिल्लो महिना बायर्नसँग ५-० ले पराजित भएपछि अग्रता गुमाएको थियो । पछिल्लो ६ सिजन लगातार लिग उपाधि जितेको बायर्न त्यस सिलसिलालाई निरन्तरता दिन चाहन्छ ।

डर्टमुन्डले इंग्लिस युवा स्टार जेडन सान्चोको उत्कृष्ट प्रदर्शनमा सिजनभर उत्कृष्ट प्रदर्शन गरेको छ । तर मार्च र अप्रिलमा भएको ५ खेलमध्य एक खेलमा मात्र जित हासिल गरेपछि लय गुमाएको थियो । त्यसयता लयमा देखिएपनि बायर्नको चुनौती भने परास्त गर्न सकेको छैन । दुवै टोलीले पछिल्लो केहि साता अंक गुमाउनुले लिगको अन्तिम खेल रोमान्चक हुने अपेक्षा गरिएको छ ।

बायर्न र डर्टमुन्ड दुवैको विपक्षी टोली च्याम्पियन्स लिगमा स्थान बनाउने होडबाजीमा छन् । त्यसैले पनि दुवै खेल निकै प्रतिस्पर्धात्मक हुनेछ । डर्टमुन्डको प्रतिद्वन्द्वी ग्लाडबाक चौथो स्थानमा रहँदै समान अंक रहेको बायर लेभरकुसनभन्दा गोल अन्तरले माथि छ । बायर्नको विपक्षी फ्रान्कफर्ट यी दुई भन्दा २ अंकले पछाडी छ ।

उपाधिका लागि टोलीको प्रतिस्पर्धासँगै गोल्डेन बुटको लागि पनि दौड चलेको थियो । तर रोबर्ट लेवान्डोस्कीले २२ गोल गर्दै आफ्नो बलियो दावेदारी राखेका छन् । डर्टमुन्डका पाको अल्कासेर १८ गोल गर्दै दोस्रो स्थानमा छन् ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.