7 years ago
May 22, 2019
बार्सिलोना (एजेन्सी)– एन्टोनियो ग्रिजमनलाई उत्कृष्ट खेलाडी बताएका बार्सिलोनाका प्रशिक्षक इर्नेस्टो भाल्भेर्डेले कोपा डेल रेको फाइनल अघि कुनै पनि खेलाडीसँग सम्झौता नगरिने प्रष्ट पारेका छन् ।

ग्रिजमनले हालैमात्र एट्लेटिको म्याड्रिड छोड्ने बताएपछि उनी बार्सिलोनामा आबद्ध हुने चर्चा सुरु भएको थियो । विश्व कप विजेता फ्रान्सेली फरवार्डका लागि बार्सिलोना १ सय ८ मिलियन पाउन्ड रिलिज रकम तिर्न तयार भइसकेको बताइएको छ ।
भाल्भेर्डे आफै ग्रिजमनसँग सिधा सम्पर्कमा रहेको बताएको छ । क्लबले अन्य खेलाडीका विषयमा पनि छलफल सुरु गरिसकेको बताइएको छ । यद्दपी भ्यालेन्सियासँग अर्को साता हुने कोपा डेल रे फाइनल अघि बार्सिलोनाले कुनै खेलाडी लिने छैन ।
‘यो साँचो हो की ग्रिजमनलाई हामीले पछ्याएको थियौं । तर यो सिजन अझै सकिएको छैन,’ प्रशिक्षक भाल्भेर्डेले भने,‘ कोपा डेल रेको फाइनल खेल्न बाँकी छ । हामी अहिले त्यसैमा केन्द्रित छौं ।’
उनले सम्झौता गर्न अझै समय रहेको पनि बताएका छन् । ‘हामीले तत्काल सबै कुरा भन्ने अवस्था हुदैन । किनकी हामीले चाहेका खेलाडीको क्लबसँग पनि सल्लाह गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘हेर्दै जाउ के हुन्छ । ग्रिजमन उत्कृष्ट खेलाडी हुन् । मैले यो सधै भन्दै आएको छु ।’
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]