7 years ago
May 22, 2019
एजेन्सी – आर्सनलका गोलरक्षक पिटर चेक पुर्व लन्डन क्लब चेल्सी फर्कने भएका छन् । तर, चेक गोलरक्षकको भुमिकामा नभई चेल्सीको स्पोर्टिङ डाइरेक्टर रुपमा चेल्सी फर्कने भएका हुन् ।

लामो समय चेल्सीमा बिताएका ३७ वर्षीय चेकले यसै सिजनपछि सन्यास लिदैछ । सन्यास लगत्तै उनले चेल्सीको स्पोर्टिङ डाइरेक्टर बन्न लागेको हो । मिडियाका रिपोर्ट अनुसार यस विषयमा चेल्सी र चेकबीच सहमत भइसकेको छ ।

तर, चेकले सन्यासपछि नै आधिकारिक धारणा बाहिर ल्याउने बताएका छन् । ‘सन्यासपछिको मेरो अर्काे यात्राको बारेमा आधिकारिक सन्यास खेलपछि नै बताउनेछु । मैले २९ मे मा अन्तिम खेल खेल्दैछु । मेरो ध्यान अहिले आर्सनल र युरोपा लिगको फाइनलमा रहेको छ ।’ चेकले सामाजिक सन्जाल ट्वीटरमा ट्वीट गरेका छन् ।

चेकले आफ्नो अन्तिम खेलमा आफ्नै पुर्व क्लब चेल्सीविरुद्ध बाकुमा युरोपा लिगको फाइनल खेल खेल्दैछ । खेल २९ मे मा हुदैछ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]