7 years ago
May 23, 2019
रियो (एजेन्सी)– रियल म्याड्रिडले आफ्नो आक्रमणलाई थप मजबुत बनाउनका लागि केलियन एमबाप्पले र नेयमारमध्ये एकलाई लिन प्रयास गर्ने बार्सिलेनाका पूर्व स्ट्राइकर रिभाल्डोले बताएका छन् ।

ब्राजिलियन महान खेलाडीले एन्टोनियो ग्रिज्मनको बार्सिलोना जाने सम्भावनाका विषयमा पनि बोलेका छन् । उनले ग्रिज्मन जाँदा केहि खेलाडीले आफ्नो ठाँउ असुरक्षित हुने महसुस गरेको अनुमान गरेका छन् ।
एएससँगको अन्तवार्ताको क्रममा रिभाल्डोले भने, ‘मलाई लाग्छ रियलले नेयमार वा एमबाप्पले मध्ये एकलाई लिने प्रयास गर्नेछ । टोलीलाई थप मजबुत बनाउन उनीहरुलाई त्यो स्तरका खेलाडीको आवश्यकता पर्दछ । ठूलो नामका खेलाडीले त्यस्तो क्लबमा जाने हक राख्छन् । दुवै खेलाडी रियलका लागि लायक छन् ।’
पिएसजीका प्रशिक्षक थोमस टुचेलसँग एमबाप्पे रुष्ट रहेको अनुमान गरिएको छ । एमबाप्पे केहि गोलका कारण युरोपियन गोल्डेन बुट जित्नबाट असफल भए । यदि उनले क्लबमा महत्वपूर्ण भूमिका पाउने भने थप गोल गर्ने सक्ने एमबाप्पेको विश्वास रहेको बताइएको छ ।
नेयमारले दुई वर्षअघि बार्सिलोना छाडेको प्रशंगमा पनि रिभाल्डोले आफ्नो धारणा राखेका छन् । ‘मलाई लाग्छ बार्सिलोना छाड्नु उनको गल्ति थियो । तर नेयमार , पिता वा परिवारका अन्य सदस्यलाई सोध्ने हो भने गल्ति होइन भन्छन्,’ उनले थपे,’ तर मलाई लाग्छ उनले गल्ति गरे । बार्सिलोना भनेको बार्सिलोना हो । नेयमार बार्सिलोनाको स्तरका खेलाडी हुन् ।’
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]