default_image

7 years ago

May 23, 2019

क्रुस र स्टेगनबिना जर्मन टोली

133 views

0 Bookmark

एजेन्सी – युरोकप छनोटको दुई खेलको लागि जर्मनीले स्टार खेलाडी स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर टोनी क्रुस र बार्सिलोनाका गोलरक्षक मार्क आन्द्रे टेर स्टेगनबिना टोलीको घोषणा गरेको छ ।

युरोकप छनोटमा जर्मनीले ८ जुनमा बेलारुस र त्यसको ३ दिनपछि इस्टोनियासँग प्रतिस्पर्धा गर्दैछ । जर्मनीका मुख्य प्रशिक्षक जोचिम लोउले दुवै खेलाडी चोटका कारण टिममा पर्न नसकेको बताए ।

क्रुसमा मस्कुलर समस्या देखिदा स्टेगनले घुडामा चोट बोकेका छन् । चोटकै कारण स्टेगनले कोपा डेल रेको फाइनल समेत गुमाउने पक्का भएको छ । २२ सदस्यीय टोलीको कप्तानी म्यानुयल निउरले सम्हाल्नेछन् । टोलीमा मेसुट ओजिल र थोमस मुलरजस्ता खेलाडीले स्थान बनाउन सकेनन् ।

पुर्ण टोली
गोलरक्षक–
म्यानुयल निउर (कप्तान), ब्रर्न लेनो र केभिन ट्र्याप
डिफेन्डर – म्याथियन जिन्टर, मार्सेल हल्सटेन्सवर्ग, लुकास क्लोसटर्मन, जोनास हेक्टर, थिलो केरहर, निको स्कुल्ज, निकोलस स्टार्क, निकोलस सुल र जोनाथन टह
मिडफिल्डर – जुलियन ब्रान्ड, केइ हाभर्टज, जुलियन ड्राक्सलर, लियोन गोरेट्का, जोसुवा किम्मिच, इकेए गुन्डोगान र लिरोए साने
फरवार्ड – मार्काे रिउस, सर्जी जिनब्री र टिमो वेरनर

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.