default_image

7 years ago

May 23, 2019

हजार्ड डर्टमन्डमा अनुबन्धित

91 views

0 Bookmark

एजेन्सी – बेल्जियन अट्याकिङ मिडफिल्डर थोर्गन हजार्ड जर्मन बुन्डेसलिगा क्लब बोरुसिया डर्टमन्डमा अनुबन्धित भएका छन् ।

२६ वर्षीय हजार्डलाई डर्टमन्डले ५ वर्षका लागि जर्मन प्रतिद्धन्द्धी बोरुसिया मोन्चेनग्लाडबाकबाट ३० मिलियन पाउन्डमा क्लबमा अनुबन्ध गरेको हो । थोर्गन चेल्सीका फरवार्ड इडेन हजार्डका आफ्नै भाई हुन् ।

डर्टमन्डमा अनुबन्ध भएसँगै हजार्डले यो अद्भुत फ्यान भएको शीर्ष क्लबमा अनुबन्ध हुन पाउनु र खेल्न पाउनु गर्वको कुरा रहेको बताएका छन् । ‘मैले पाँच वर्ष मोन्चेनग्लाडबाचमा निकै उत्कृष्ट समय बिताए । अर्काे पाँच वर्ष डर्टमन्डमा अनुबन्धित भएको छु । मेरो अर्काे स्टेप हो । यहाँ पनि म मेरो तर्फबाट उत्कृष्ट दिने प्रयास गर्नेछु,’ क्लबमा अनुबन्धित भएपछि हजार्डले भने ।

२६ वर्षीय हजार्ड २१ अन्तर्राष्ट्रिय खेलमा ३ गोल गर्न सफल भएका छन् । यो सिजन हजार्डले मोन्चेनग्लाडवाचका लागि ३५ खेल खेल्दै १३ गोल गर्दै १२ असिस्ट गरेका थिए । डर्टमन्डको स्पोर्टिङ डाइरेक्टर मिचेल जोर्कले हजार्डमा पेस, सुटिङ र गोल गर्ने क्षमता रहेको र उनले यो पछिल्लो समय प्रमाणित गरेको बताउदै उनलाई क्लबमा अनुबन्ध गरिएको बताएका छन् ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.