7 years ago
May 23, 2019
एजेन्सी – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपमा ३२ टोलीको मात्र सहभागिता रहने प्रष्ट पारेको छ ।

फिफाले यसअघि औपचारिक रुपमा नै प्रतियोगितालाई ४८ टोलीमा बढाउने प्रयास गरेको थियो । मध्यपूर्वी गल्फ क्षेत्रको राजनीतिक परिस्थिति तथा सहभागी टोली र समर्थकलाई आवश्यक पर्ने सुविधा नपुग्ने देखिएपछि फिफाले ३२ टोलीलाई नै निरन्तरता दिने भएको हो । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले कतारले मानव अधिकार र श्रमसम्बन्धि कुनै समस्याबिना नै विश्वकप आयोजना गर्न आशावादी रहेको पनि बताए ।
कतार विश्वकपको सहभागी टोली संख्या बढाउँदा कम्तिमा १६ खेल कतारबाहिर खेलाउनुपर्ने अवस्था थियो । कतारको अन्य गल्फ राष्ट्रसँग सम्बन्ध राम्रो नहुँदा यूएई, बहराइन र साउदी अरेबियालाई सहआयोजकको रुपमा लिन सकिएको थिएन । सम्भावना रहेका कुवेत र ओमानमध्य ओमानले आयोजनाका लागि इच्छा व्यक्त गरेन । कुवेतको हकमा उपलब्ध भएका दुई रंगशालाको तयारीमा समय अपुग रहने फिफाले निष्कर्ष निकालेको हो ।
यस निर्णयसँगै विश्वकप २०२६ सम्म सहभागी टोली नबढ्ने पक्का भएको छ । फिफाले सन् २०२६ का लागि भने ४८ टोलीको सहभागिता हुने पक्का गरिसकेको छ । प्रतियोगिता संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्नेछन् ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]