6 years ago
August 2, 2019
एजेन्सी – जर्मन च्याम्पियन बायर्न म्युनिख म्यानचेस्टर सिटीका युवा विंगर लेरोय सानेलाई क्लबमा अनुबन्धन गर्न इच्छुक देखिएको छ । जर्मनीको राष्ट्रिय टोलीबाट खेल्दै आएका साने साल्काबाट सिटि आएका हुन् ।

यसै सिजन बायर्नका दुई अनुभवी विंगरद्वय आर्जेन रोबेन र फ्रान्क रिबेरीले क्लब छाडेपछि बायर्न नयाँ खेलाडीको खोजीमा छ । क्लबले त्यसयता कुनै खेलाडी अनुबन्धन गरेको छैन । डर्टमुन्डले खेलाडी अनुबन्धन गरिसक्दा बायर्नले भने अझै ट्रान्सफर बजारमा सक्रियता देखाएको छैन । बायर्नले सानेलाई आफ्नो प्रमुख खेलाडीको रुपमा अनुबन्ध गर्ने प्रयास गर्ने बुझिएको छ ।
२३ वर्षीय सानेले म्यान्चेस्टर सिटीमा तीन सिजन बिताइसकेका छन् । यसबीचमा उनले २ पटक प्रिमियर लिग उपाधि पनि जिते । पछिल्लो समय पेप गुआर्डीओलासँग राम्रो सम्बन्ध नरहेको कारण पनि सानेले क्लब छाड्ने सम्भावना रहेको छ । सानेले पहिलो रोजाइमा खेल्न संघर्ष गरिरहेका छन् । बायर्नमा सानेले सुरुवाती रोजाईमा स्थान पाउने पक्काजस्तै छ ।
क्लबले लुकास हर्नान्डेज र बेन्जामिन पाभार्डलाई अनुबन्ध गरिसेकेको छ । आक्रमणमा भने नयाँ खेलाडी खोज्न बायर्न बजार पस्ने क्रम सुरु हुनेछ । सन् २०२१ सम्म सिटीसँग सम्झौता गरेका सानेलाई अनुबन्ध गर्न सके बायर्नको आक्रमण सुदृढ हुनेछ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]