7 years ago
May 31, 2019
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकले विसं २०७६ सालको सहिद स्मारक ए डिभिजन लिग मंसिर १२ गते सुरु गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको बैठकले लिगको मिति तोक्नुका साथै राष्ट्रिय लिगको अवधारणा पनि अगाडी सारेको छ । ए डिभिजन लिगका शिर्ष ६ र एन्फा प्रेसिडेन्ट कपका उत्कृष्ट ४ टोलीले राष्टिय लिग खेल्ने प्रावधान अगाडी सारिएको छ । एन्फा प्रेसिडेन्ट लिगमा ७ प्रदेशका उत्कृष्ट ७ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रेसिडेन्ट लिग संचालन गर्नका लागि एन्फाले संयोजक पनि छनोट गरेको छ । प्रदेश १ मा किरण राई, प्रदेश २ मा नेपाल कार्की, प्रदेश ३ मा बाबुकाजी बस्नेत, प्रदेश ५ मा भुपेन्द्र जंग थापा, प्रदेश ६ मा भिमबहादुर थापा तथा प्रदेश ७ मा प्रकाश विष्टको संयोजकत्वमा लिग संचालन समिति गठन गरिनेछ । प्रदेश ४ को हकमा भने छिट्टै संयोजक चयन हुने जानकारी दिइएको छ ।
सन् २०१९ जुनमा हुने फिफा कांग्रेसमा नेपालका तर्फबाट अध्यक्ष कर्माछिरिङ शेर्पासंगै वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ, उपाध्यक्ष वीरबहादुर खड्का र सदस्य पेमा डोल्मा लामाले प्रतिनिधि रहनेछन् ।
बैठकले जिल्ला लिग संचलन तथा व्यवस्थापनका लागि वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङलाई संयोजक मनोनय गरेको छ । क्विक्स कप अन्तरविद्यालय छात्र तथा छात्रा राष्ट्रिय फुटबल प्रतियोगिताका लागि सहायक महासचिव अरुणमान जोशी तथा स्वोर्गीय ललित स्मृति यु-१८ फुटबल प्रतियोगिताका लागि राजेन्द्र न्यौपाने संयोजकमा मनोनित भएका छन् । उपमेयर कप अन्तर नगरपालिका फुटबलका लागि महिला फुटबल समितिकी संयोजक पेमा लामा संयोजकमा मनोनित भएकी छिन् ।
कार्यसमितिले ललितपुर जिल्लाको बुद्धिविकास खेल मण्डलको मैदानमा शौचालय र नुहाउने धारासहितको दुइ ड्रेसिङ रुम बनाउने निर्णय गरेको छ । यसैगरि आधिकारिक मैत्रीपूर्ण खेल खेल्न विदेश खेल्न जाँदा प्रदान गरिंदै आएको २० अमेरिकी दैनिक भत्तालाई २५ अमेरिकी डलर पुर्याएइको छ ।
यसैगरी एन्फाले सार्वजनिक सूचना जारि गर्दै विभिन्न तहका लागि कर्मचारीको पनि माग गरेको छ । टेक्निकल डाइरेक्टर, फाइनान्स डाइरेक्टर, रेफ्री डाइरेक्टर, कमर्सियल डाइरेक्टर, मिडिया अफिसर, महिला प्रशासक र होस्टेल वार्डनको पदमा माग गरिएको छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]