7 years ago
May 31, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीको आधिकारिक जर्सी निर्माता कम्पनि केल्मी नेपालको सामाग्रीको अनाधिकृत रुपमा नक्कल गर्नेलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले चेतवानी दिएको छ । एन्फाले शुक्रबार एक सूचना जारी गर्दै अनधिकृत कार्य गर्नेलाई कानुनी कारवाही हुने जनाएको हो ।

गत फागुनमा एन्फा र केल्मीले राष्ट्रिय टोलीले प्रयोग गर्ने नयाँ स्वोरुपको जर्सी सार्वजनिक गरेका थिए । राष्ट्रिय फुटबल टोलीसँगै उमेर समुहका टोलीले प्रयोग गर्ने सामाग्री पनि केल्मीले प्रदान गर्दै आएको छ । नेपालमा केल्मीको विक्री तथा वितरण गर्ने सर्वाधिकार कामारु ट्रेडीङ प्रालिले प्राप्त गरेको र एन्फाको लोगो अंकित जर्सी उक्त संस्थाले मात्र गर्न पाइने सूचनामा उल्लेख छ ।
एन्फाका अनुसार अन्य संस्थाले संघको लोगो प्रयोग गरेर राष्ट्रिय टोलीले प्रयोग गर्ने जर्सी बनाउन र बेचबिखन गर्न पनि नपाइने उल्लेख गरिएको छ । नेपाली बजारमा केल्मीको लोगो बिना एन्फा लोगोसहित उस्तै स्वरुपको नक्कली जर्सी बाहिरिन थालेपछि एन्फाले सूचना जारि गरेको हो ।

केल्मीले राष्ट्रिय टोलीसँगै लिग च्याम्पियन मनाङ मर्स्याङदी र त्रिभुवन आर्मी क्लबको लागि पनि जर्सी निर्माण गर्दै आएको छ । देशका विभिन्न स्थानमा केल्मीको आउटलेट रहेको र अनलाइनमार्फत पनि केल्मीको अधिकारिक जर्सी खरिद गर्न पाइने हुँदा अनधिकृत जर्सी खरिद नगर्न कामारु ट्रेडीङका प्रबन्ध निर्देशक उत्तम न्यौपानेले सम्पूर्ण खेलप्रेमीलाई आग्रह गरेका छन् ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]