7 years ago
June 1, 2019
एजेन्सी – युरोपा लिग फाइनलमा बुधबार चेल्सीले आर्सनललाई ४-१ ले पराजित गर्दा स्पेनिस मिडफिल्डर पेड्रो रोड्रीग्वेजले टोलीका लागि दोस्रो गोल गरेका थिए ।

उक्त फाइनलमा गोल गरेसँगै पेड्रो च्याम्पियन्स लिग, युरोपेली सुपर कप, क्लब विश्वकप र युरोपा लिग फाइनलमा गोल गर्ने पहिलो स्पेनिस खेलाडी बने । पेड्रोले आफ्नो करिअरमा २५ उपाधि जितिसकेका छन् । बार्सिलोनामा रहँदा उनले ५ पटक लिग उपाधि, ३ पटक कोपा डेल रे, ४ पटक स्पेनिस सुपर कम, ३ च्याम्पियन्स लिग, ३ युरोपेली सुपर कप र २ क्लब विश्वकप जिते ।
चेल्सीमा आएपछि उनले प्रिमियर लिग, एफए कप र युरोपा लिग जितिसकेका छन् । स्पेनको राष्ट्रिय टोलीबाट पनि उनले फिफा विश्वकप र युरोपेली च्याम्पियनसिप जितेका थिए । सन् २००९ मा पेड्रोले अभूतपूर्व प्रदर्शन गरेका थिए । उनले एकै वर्षमा ला लिगा, कोपा डेल रे, स्पेनिस सुपर कप, च्याम्पियन्स लिग, युरोपेली सुपर कप र विश्वकप गरि ६ फरक प्रतियोगितामा गोल गर्ने किर्तिमान बनाए ।
पेड्रोले यस सिजन कुल १३ गोल गरे । प्रिमियर लिगमा ८ गोल गरेका पेड्रोले युरोपा लिगको फाइनलसहित ५ गोल गरे । उनी प्रशिक्षक माउरिजियो सार्रीको योजनामा महत्त्वपूर्ण खेलाडीका रुपमा स्थापित रहे । पेड्रो च्याम्पियन्स लिग र युरोपा लिग दुवैको फाइनलमा गोल गर्ने पाँचौ खेलाडी हुन् ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]