default_image

7 years ago

June 1, 2019

एकै राष्ट्रका दुई फाइनलिस्ट : यस्तो छ इतिहास

154 views

0 Bookmark

एजेन्सी – यसपटक इंग्ल्यान्डमा दुई टोलीबीच क्लब फुटबलको सबैभन्दा चर्चित र प्रतिष्ठित युइएफए च्याम्पियन्स लिगको फाइनल हुदैछ ।

विश्वभरका फुटबल क्लबहरुले विभिन्न छनोटका आधारमा प्रतिस्पर्धा गर्ने यस प्रतिष्ठित प्रतियोगितामा सामान्यतया एकै राष्ट्रको दुई टोली च्याम्पियन्स लिगको फाइनलसम्म पुग्नुलाई कठिन मानिन्छ । तर, यो कहिलेकाही दोहोरिन्छ । आज राति दुई इंग्लिस क्लल लिभरपुल र टोटेनहम हस्टपरबीच प्रतिस्पर्धा हुदैछ । खेल मड्रिडमा राति १२ः४५ बजेपछि शुरु हुनेछ ।

यहाँ एकै देशका ७ टोलीबीचको फाइनल खेल केलाएका छौं ।

रियल म्याड्रिड विरुद्ध भ्यालेन्सिया (३–०) , २०००
सन् २००० मा दुई स्पेनिस क्लब रियल म्याड्रिड र भ्यालेन्सियाले च्याम्पियन्स लिगको फाइनलमा प्रतिस्पर्धा गरेका थिए । स्पेनिस ला लिगाको दुवै खेलमा भ्यालेन्सियालाई पराजित गर्न नसकेको रियल च्याम्पियन्स लिगको फाइनलमा भने रियल ३–० ले विजयी भएको थियो । रियलको जितमा फर्नान्डो मोरिन्टेस, स्टिभ म्याकमानामान र राहुल गार्सियाले गोल गरेका थिए ।

युभेन्टस विरुद्ध एसी मिलान (०–० [२-३]), २००३
सन् २००३ मा दुई इटालियन क्लब युभेन्टस र एसी मिलानले प्रतिस्पर्धा गरेका थिए । निर्धारित र थप गरिएको समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा लिइएको थियो । पेनाल्टी सुटआउटमा एसी मिलानले ३–२ ले बाजी मारेको थियो । ब्राजिली गोलरक्षक डिडाले उच्च प्रदर्शन गर्दै ३ पेनाल्टी रोक्दै तथा आन्द्रे सेभचेन्कोले निर्णायक गोल गर्दै जिताएका थिए

म्यानचेस्टर युनाइटेड विरुद्ध चेल्सी (१–१ [६-५]), २००८
सन् २००८ को च्याम्पियन्स लिगमा दुई इंग्लिस क्लब म्यानेचस्टर युनाइटेड र चेल्सीले प्रतिस्पर्धा गरेका थिए । यो खेललाई नयाँ स्टारको रुपमा उदाइरहेको पोर्चुगिज क्रिस्टियानो रोनाल्डो र नाम कहलाइसकेका जोन टेरीबीचको खेलको रुपमा हेरिएको थियो । रोनाल्डोल गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई अघि बढाएपनि फ्रान्क लाम्पार्डले बराबरी गोल फर्काएपछि खेल अतिरिक्त हुदै पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टीमा रोनाल्डो र टेरी दुवैले गोल गर्न सकेनन् । तर, खेल म्यानचेस्टरले सडनडेथमा ६–५ ले जित्दै च्याम्पियन बन्यो । चेल्सीका लागि अन्तिम प्रहारमा निकोलस एनेल्का चुक्दा युनाइटेडका रायन गिग्सले निर्णायक गोल गरेका थिए ।

बायर्न म्युनिख विरुद्ध बोरुसिया डर्टमन्ड (२–१), २०१३
बोरुसिया डर्टमन्डले सन् २०१३ को सिजनमा घरेलु लिगमा बायर्नलाई कडा चुनौती दिएको थियो । लगातार दुई सिजन २०१०–११ र २०११–१२ को जर्मन बुन्डेस लिगा जितेर बायर्नको अधिपत्य तोडेको बोरुसियाले २०१३ मा त्यो नतिजा दोहोर्याउन सकेन । तर, बोरुसियाले उच्च प्रदर्शन गर्दै च्याम्पियन्स लिगको फाइनलमा बायर्नसँगको भेट पक्का गरेको थियो । फाइनलमा बायर्न २-१ ले विजयी भयो ।

रियल म्याड्रिड विरुद्ध एट्लेटिको मड्रिड (४–१), २०१४
यो फाइनल खेललाई सबैले सम्झनेछन् । ता कि एट्लेटिको मड्रिड च्याम्पियन बन्ने संघारमा पुगिसकेको थियो । तर, अन्तिम ह्वीसिल बज्नु अघि रियलका कप्तान सर्जियो रामोसले हेडमार्फत बराबरी गोल गरेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । बराबरी गोलसँगै अतिरिक्त समयमा एट्लेटिको निरिह बन्दा रियल ४–१ ले विजयी हुन सफल भयो । अतिरिक्त समयका बेल, मार्सेलो र रोनाल्डोले गोल गर्दै जित पक्का गरे ।

रियल म्याड्रिड विरुद्ध एट्लेटिको मड्रिड (१–१ [६-५]), २०१६
यि दुई टोलीले सन् २०१६ मा फाइनल खेल खेल्यो । यसपटक रियलले कप्तान रामोसकै गोलबाट अग्रता लिएको थियो । एट्लेटिकोका यान्निक कारास्कोले बराबरी गोल फर्काएपछि खेल अतिरिक्त समयमा धकेलियो । अतिरिक्त समयमा २०१४ को नियति दोहोररिएन । खेल पेनाल्टीसम्म पुग्यो । तर, पनि एट्लेटिको फेरि पनि रियलसामु ५–३ घुडा टेक्न बाध्य बन्यो । रोनाल्डोले पेनाल्टीमा निर्णायक गोल गर्दा एट्लेटिकोका जुवानफ्रानको चौथो पेनाल्टी चुकेको थियो ।

लिभरपुलविरुद्ध टोटेनहम, २०१९
सन् २००८ पछि दुई इंग्लिस टोली लिभरपुल र टोटेनहम हस्टपरले च्याम्पियन्स लिगमा फाइनलमा भेट पक्का ग¥यो । फाइनल खेल आज राति हुदैछ । लिभरपुल छैटौपटक युरोपेली च्याम्पियन बन्ने अभियानमा रहँदा टोटेनहम पहिलो च्याम्पियन्स लिग जित्ने लक्ष्यमा हुनेछ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.