default_image

5 years ago

June 4, 2019

रोनाल्डोलाई उत्कृष्ट गोलको उपाधि

एजेन्सी – युभेन्टस फरवार्ड क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगको समूह चरणमा आफ्नै पूर्वक्लब म्यानचेस्टर युनाइटेडविरुद्ध गरेको गोलले उत्कृष्ट गोलको अवार्ड जितेको छ । यूईएफएको प्राविधिक समितिले छनोट गरेको उत्कृष्ट १० गोलमध्य रोनाल्डोको गोल शीर्षस्थानमा परेको हो । रोनाल्डोको गोलले बार्सिलोनाका लिओनेल मेसीले लिभरपुलविरुद्ध गरेको फ्रिकिक गोल र लिभरपुलका साडियो मानेले बायर्न म्युनिखविरुद्ध गरेको चिप गोललाई पछाडी […]

33 views

0 Bookmark

एजेन्सी – युभेन्टस फरवार्ड क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगको समूह चरणमा आफ्नै पूर्वक्लब म्यानचेस्टर युनाइटेडविरुद्ध गरेको गोलले उत्कृष्ट गोलको अवार्ड जितेको छ ।

यूईएफएको प्राविधिक समितिले छनोट गरेको उत्कृष्ट १० गोलमध्य रोनाल्डोको गोल शीर्षस्थानमा परेको हो । रोनाल्डोको गोलले बार्सिलोनाका लिओनेल मेसीले लिभरपुलविरुद्ध गरेको फ्रिकिक गोल र लिभरपुलका साडियो मानेले बायर्न म्युनिखविरुद्ध गरेको चिप गोललाई पछाडी पारेको हो । रोनाल्डोले लगातार दोस्रो सिजन यो उपाधि हात पारेका हुन् । उनले अघिल्लो सिजन रियलबाट खेल्दै युभेन्टसविरुद्ध गरेको गोलमा अवार्ड जितेका थिए ।

शीर्ष १० गोलमा बार्सिलोनाका ५ खेलाडीले स्थान बनाएका थिए । मेसीको फ्रिकिकसँगै लुइस सुआरेज, ओस्मान डेम्बेले, फिलिपे कोउटिन्हो र इभान राकिटिचले पनि शीर्ष १० मा स्थान बनाए । शीर्ष १० मा म्यानचेस्टर युनाइटेडविरुद्ध ३ खेलाडीले गोल गरेका थिए । म्यानचेस्टर सिटीका रहिम स्टरलिङ र लेरोय सानेले पनि स्थान बनाए । किलियन एम्बाप्पेको गोलले पनि शीर्ष १० स्थान कायम गर्यो ।

शीर्ष १० वरीयता :
१. क्रिस्टियानो रोनाल्डो (युभेन्ट्स विरुद्ध म्यानचेस्टर युनाइटेड)
२. लिओनेल मेसी (बार्सिलोना विरुद्ध लिभरपुल)
३. साडियो माने (बायर्न विरुद्ध लिभरपुल)
४. इभान राकीटिच (टोटेनहम विरुद्ध बार्सिलोना)
५. लेरोय साने (म्यानचेस्टर सिटी विरुद्ध होफेनहाम्रोखेलकुदाइम)
६. किलीयन एम्बाप्पे (म्यानचेस्टर युनाइटेड विरुद्ध पेरिस सेन्ट जर्मेन)
७. रहिम स्टरलिङ (म्यानचेस्टर सिटी विरुद्ध शाख्तर डोनेस्क)
८. ओस्मान डेम्बेले (बार्सिलोना विरुद्ध टोटेनहम)
९. फिलिपे कोउटिन्हो (बार्सिलोना विरुद्ध म्यानचेस्टर युनाइटेड)
१०. लुइस सुआरेज (बार्सिलोना विरुद्ध लिभरपुल)

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.