7 years ago
June 6, 2019
एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा मेक्सिको र पेरु विजयी भएका छन् ।

बिहीबार बिहान भएको खेलमा मेक्सिकोले भेनेजुएलालाई ३–१ ले पराजित गरेको हो । मेक्सिकोले १ गोलले पछि परेको स्थिति उल्ट्याउदै जित हात पारेको हो ।
मेक्सिकोको जितमा रोवर्टाे अल्भाराडो, रोडोल्फो पिजारो र एन्डे«स गुअरडाडोले गोल गरे । भेनेजुएलाका जोन मुरिल्लोले एक गोल फर्काए ।
१८औं मिनेटमा मुरिल्लोको गोलबाट भेनेजुएलाले अग्रता बनाएको थियो । तर, त्यसपछि ३२औं मिनेटमा रोवर्टाेले बराबरी गोल फर्काए । ५४औं मिनेटमा रोडोल्फोले गोल गर्दै मेक्सिकोलाई अग्रता दिलाए । ७६औं मिनेटमा एन्ड्रेसले गोल गर्दै जित पक्का गरे ।
अर्काे खेलमा पेरुले कोस्टा रिकामाथि १–० को जित निकाल्यो । पेरुको जितमा ५३औं मिनेटमा क्रिस्टियन क्युएभाले गरेको गोल निर्णायक बन्यो ।
मेक्सिको र कोस्टा रिका कोन्काफ गोल्डकपको तयारीमा तथा पेरु र भेनेजुएला कोपा अमेरिका कप खेल्ने तयारीमा छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]