default_image

5 years ago

June 6, 2019

ब्राजिललाई ठुलो झड्का, नेयमारले कोपा अमेरिका गुमाउने !

एजेन्सी – स्टार फरवार्ड नेयमारले घरेलु भुमि ब्राजिलमा आयोजना हुने कोपा अमेरिका गुमाउने पक्का भएको छ । नेयमारको चोटसँगै घरेलु टोली ब्राजिललाई ठुलो झड्का लागेको छ । घरेलु भुमिमा ब्राजिललाई कोपा अमेरिका कपको उपाधि रक्षा गर्न ठुलो समस्या हुनेछ । कतारविरुद्ध २–० को जित निकालेको मैत्रीपुर्ण खेल दौरान नेयमारले चोट बोक्दै मैदानबाट बाहिरिएको थिए । […]

46 views

0 Bookmark

एजेन्सी – स्टार फरवार्ड नेयमारले घरेलु भुमि ब्राजिलमा आयोजना हुने कोपा अमेरिका गुमाउने पक्का भएको छ ।

नेयमारको चोटसँगै घरेलु टोली ब्राजिललाई ठुलो झड्का लागेको छ । घरेलु भुमिमा ब्राजिललाई कोपा अमेरिका कपको उपाधि रक्षा गर्न ठुलो समस्या हुनेछ । कतारविरुद्ध २–० को जित निकालेको मैत्रीपुर्ण खेल दौरान नेयमारले चोट बोक्दै मैदानबाट बाहिरिएको थिए । उनको दाया खुट्टाको एंकलमा चोट लागेको थियो ।

चोटका कारण उनी निकै असहज र गहभरि आशु पार्दै मैदानबाट बाहिरिएका थिए । उनको खुट्टामा चोट लागेको छ । खेल्न असहज भएपछि उनी खेलको २१औं मिनेटमा मैदानबाट बाहिरिएका थिए । उनलाई एभर्टनले विस्थापित गरेका थिए ।

नेयमार यसअघि पनि कोपा अमेरिका कपको तयारीका क्रममा प्रशिक्षण दौरान घाइते हुन पुगेका थिए । चोटबाट फर्किएलगत्तै मैत्रीपुर्ण खेल खेलेको नेयमार पुनः घाइते हुन पुगेका हुन् । ब्राजिलले कोपा अमेरिका कपअघि होन्डुरससँग मैत्रीपुर्ण खेल खेल्दैछ ।

कोपा अमेरिका कपमा ब्राजिल रहेको समूह ‘ए’ मा बोलिभिया, पेरु र भेनेजुएला रहेका छन् । ब्राजिलले १४ जुनमा बोलिभियासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । ब्राजिल सन् २००७ यता कोपा अमेरिकामा च्याम्पियन बन्न सकेको छैन ।

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

Success

Thank you for your time.