7 years ago
June 6, 2019
काठमाडौं (हाम्रो खेलकुद)– सिग्नेचर मनाङ मस्र्याङ्दी क्लबका फरवार्ड अभिषेक रिजाल चाइनिज ताइपेविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीको पहिलो रोजाईमा पर्न सफल भएका छन् ।

जेठ १९ गते मलेसियाविरुद्ध भएको खेलमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गर्दै अभिषेकले राष्ट्रिय टोलीबाट ‘डेब्यू’ गरेका थिए । एन्फा डेमा अभिषेक यो वर्ष उदयमान खेलाडीका रुपमा पुरस्कृत भएका थिए । नियमित कप्तान विराज महर्जन भने चाइनिज ताइपेविरुद्ध पहिलो रोजाईमा छैनन् ।
नियमित गोलकिपर किरण चेम्जोङले नेपालको पोष्ट सम्हाल्नेछन् भने रक्षकमा अनन्त तामाङ, देवेन्द्र तामाङ, अजित भण्डारी, सुमन अर्याल छन् । त्यस्तै मिडमिफल्डमा रोहित चन्द, विक्रम लामा, सुजल श्रेष्ठ, रविशंकर पासवाल, सन्तोष तामाङ छन् । फरवार्डमा अभिषेक टोलीमा छन् । विराटको अनुपस्थितिमा नेपाली टोलीको कप्तानी गोलकिपर किरणले गरिरहेका छन् ।

नेपाल दुई वटा मैत्रीपूर्ण खेलका लागि वैदेशिक यात्रामा निस्केको थियो । जेठ १९ गते मलेसियासँगको मैत्रीपूर्ण खेल २–० ले गुमाएपछि अर्को खेलका लागि टोली ताइपे पुगेको थियो । प्रशिक्षक योहान कालिनको नेतृत्वमा नेपालले खेल्न लागेको यो चौथो खेल हो ।
अघिल्ला तीन खेलमा नेपालले जित दर्ता गर्न नसकेको मात्र होइन गोल पनि गर्न सकेको छैन । केहि साता अघि कुवेतविरुद्धको पहिलो खेलमा गोलरहित बराबरी खेलेको नेपाली टोली टोली खेलमा १–० ले पराजित भएको थियो ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]