default_image

7 years ago

June 6, 2019

नेपाल पहिलो हाफमा १–० ले पछाडि

143 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– चाइनिज ताइपेविरुद्ध मैत्रीपूर्ण खेलको पहिलो हाफमा नेपाल १–० ले पछि परेको छ । नेपाली टोलीले खेलको ४० औं मिनेटमा गोल खाएको थियो ।


नियमित कप्तान विराज महर्जन विना उत्रेको नेपाली टोलीमा अभिषेक रिजालले डेब्यूको दोस्रो खेलमै पहिलो रोजाईमा स्थान बनाएका थिए । उनले जेठ १९ गते मलेसियाविरुद्ध परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गर्दै नेपाली टोलीका लागि ‘डेब्यू’ गरेका थिए ।

नेपाल दुई वटा मैत्रीपूर्ण खेलका लागि वैदेशिक यात्रामा निस्केको थियो । जेठ १९ गते मलेसियासँगको मैत्रीपूर्ण खेल २–० ले गुमाएपछि अर्को खेलका लागि टोली ताइपे पुगेको थियो । प्रशिक्षक योहान कालिनको नेतृत्वमा नेपालले खेल्न लागेको यो चौथो खेल हो ।

अघिल्ला तीन खेलमा नेपालले जित दर्ता गर्न नसकेको मात्र होइन गोल पनि गर्न सकेको छैन । कुवेतविरुद्धको पहिलो खेलमा गोलरहित बराबरी खेलेको नेपाली टोली टोली खेलमा १–० ले पराजित भएको थियो ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.