default_image

7 years ago

June 6, 2019

नेपाल र चाइनिज ताइपेइ बराबरीमा

129 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले र चाइनिज ताइपेइको राष्ट्रिय टोलीबीचको मैत्रीपूर्ण खेल १-१ को बराबरीमा सकिएको छ ।

पहिलो हाफमा पछाडी परेको नेपाललाई दोस्रो हाफको ६४ औं मिनेटमा अभिषेक रिजालले सन्तोष तामाङको फ्रिकिकमा हेडरमार्फत गोल गर्दै खेल बराबरीमा ल्याएका हुन् । सन्तोष र अभिषेक दुवै पहिलो पटक सुरुवाती रोजाईबाट खेलेका हुन् । अभिषेकले राष्ट्रिय टोलीका लागि दोस्रो खेल खेल्दै गोलको खाता खोलेका हुन् । उनले मलेसियाविरुद्ध अघिल्लो खेलमा राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए ।

यसअघि खेलको ४० औं मिनेटमा नेपाल १-० ले पछाडी परेको थियो । घरेलु टोलीका वु चाङ चिङले गोल गरेका थिए । पहिलो हाफमा सुजल श्रेष्ठले गोल गरेपनि रेफ्रीले अफसाइड दिँदा गोल मान्य भएको थिएन । खेलदौरान टोलीको कप्तानी सम्हालिरहेका गोलरक्षक किरण चेम्जोङले केहि राम्रो बचाउ गरेका थिए ।

नियमित कप्तान विराज महर्जन विना उत्रेको नेपाली टोलीमा अभिषेक रिजालले डेब्यूको दोस्रो खेलमै पहिलो रोजाईमा स्थान बनाएका थिए । उनले जेठ १९ गते मलेसियाविरुद्ध परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गर्दै नेपाली टोलीका लागि ‘डेब्यू’ गरेका थिए ।

नेपाल दुई वटा मैत्रीपूर्ण खेलका लागि वैदेशिक यात्रामा निस्केको थियो । जेठ १९ गते मलेसियासँगको मैत्रीपूर्ण खेल २–० ले गुमाएपछि अर्को खेलका लागि टोली ताइपेइ पुगेको थियो । अघिल्ला तीन खेलमा नेपालले जित दर्ता गर्न नसकेको मात्र होइन गोल पनि गर्न सकेको थिएन । कुवेतविरुद्धको पहिलो खेलमा गोलरहित बराबरी खेलेको नेपाली टोली दोस्रो खेलमा १–० ले पराजित भएको थियो ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.