7 years ago
June 6, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले बिहीबार भएको मैत्रीपूर्ण खेलमा चाइनिज ताइपेइलाई १-१ को बराबरीमा रोक्यो । नेपालका लागि अभिषेक रिजालले खेलको दोस्रो हाफमा गोल गरेका थिए ।

नेपालले चाइनिज ताइपेइविरुद्ध गोल गर्दै सातौं खेलमा गोलको खडेरी अन्त्य गरेको छ । पछिल्लोपटक नेपालले साफ च्याम्पियनसिपमा बंगलादेशविरुद्ध गोल गरेको थियो । समूह चरणको अन्तिम खेलमा नवयुग श्रेष्ठले ९० औं मिनेटमा गोल गरेपछि नेपालले ६ खेलमा गोल गर्न सकेको थिएन ।
नेपालले गत मार्चमा मात्र योहान कालीनलाई राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारी सुम्पिएको थियो । उनले प्रशिक्षण सम्हालेपछि नेपालले पहिलो खेलमा कुवेतविरुद्ध गोलरहित बराबरी र दोस्रो खेलमा कुवेतविरुद्ध १-० को हार बेहोरेको थियो । यसै साता भएको खेलमा नेपालले मलेसियाविरुद्ध २-० को हार बेहोरेको थियो ।
गोल गर्न नसकेको लगातार ६ खेल :
१२ सेप्टेम्बर २०१८ – साफ च्याम्पियनसिप सेमिफाइनल – माल्दिभ्सविरुद्ध ३-० हार
२ अक्टोबर २०१८ – बंगबन्धु गोल्डकप – ताजिकिस्तानविरुद्ध २-० हार
६ अक्टोबर २०१८ – बंगबन्धु गोल्डकप – प्यालेस्टाइनविरुद्ध १-० हार
२१ मार्च २०१९ – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण – कुवेतविरुद्ध ०-० बराबरी
२५ मार्च २०१९ – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण – कुवेतविरुद्ध १-० हार
२ जुन २०१९ – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण – मलेसियाविरुद्ध २-० हार
६ जुन २०१९ – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण – चाइनिज ताइपेइविरुद्ध १-१ बराबरी
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]