7 years ago
June 6, 2019
नुवाकोट (हाम्रो खेलकुद) – ‘ए’ डिभिजनको सिएमजी क्लब संकटा दोस्रो संस्करणको नुवाकोट गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदानमा बिहीबार भएको खेलमा संकटाले आयोजक चितवन–११ लाई २–१ ले पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएको हो ।
संकटाको जितमा दुवै गोल विदेशी खेलाडीले गरे । चितवन–११ का सुरज कुमालले एक गोल गरे । खेलको ३४औं मिनेटमा मेसौकेको गोलबाट पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । ६४औं मिनेटमा कोने बोरसले गोल गर्दै संकटाको अग्रता दोब्बर बनायो ।
७०औं मिनेटमा सुरेश कुमालले गोल गर्दै गोल अन्तर घटाउने प्रयास गरे । त्यसपछि दुवै टोलीबाट थप गोल निस्कन नसक्दा संकटा २–१ ले विजयी हुन सफल भयो । चितवनका सुरेश कुमाल खेलको म्यान अफ दि म्याच घोषित भए । उनले १० हजार रुपैया पाए ।
प्रतियोगितामा शुक्रबार आयोजक नुवाकोट–११ र विजय युथ क्लब हेटौडाबीच पहिलो क्वाटरफाइनल खेल हुनेछ ।
जिल्ला खेलकुद विकास समिति नुवाकोट र नुवाकोट फुटवल संघको आयोजनामा तथा विदुर नगरपालिकाको संरक्षकत्वमा भएको प्रतियोगितामा नुवाकोट ११, विभागिय टोलीहरु नेपाल पुलिस, शसस्त्र प्रहरी बल र नेपाली आर्मी क्लबले सहभागिता जनाएका छन ।
त्यस्तै ए डिभिजनका क्लबहरु मनाङ, संकटा, च्यासल युथ क्लबल, चितवन ११, विजय युथ हेटौडा र काठमाण्डौको दिपशिखा युवा समुहसहित १० टोलीले सहभागिता जनाएका छन । प्
रतियोगिताको विजेताले ६ लाख र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन । प्रतियोगिता आगामी जेठ ३१ गतेसम्म सन्चालन हुने बताइएको छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]