default_image

7 years ago

June 9, 2019

रियलको अर्को लक्ष्य– पोग्बा भित्र्याउनु !

106 views

0 Bookmark

म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडले म्यानचेस्टर युनाइटेडबाट पाउल पोग्बालाई लिनका लागि गेराथ बेलको प्रस्ताव गर्ने सम्भावना बढेको छ । इडन हाजार्ड पनि रियल पोग्बालाई भित्राउन प्रयासरत छ ।

रियलले शुक्रबार मात्र हाजार्डलाई १ सय ५ मिलियन पाउन्डमा क्लबमा आबद्ध गराउन सफल भएको थियो । टोलकिा प्रशिक्षक जिनेदिन जिदान अब पोग्बालाई टोलीमा ल्याउने पक्षमा छन् ।

जिदान पोग्बा लिन यदि बेललाई युनाइटेड पठाउन परे त्यसका लागि पनि तयार रहेको बताइएको छ । युनाइटेडले फ्रान्सेली मिडफिल्डका लाग कम्तीमा १ सय ३० मिलियन पाउन्ड खर्च गर्नुपर्ने शर्त राखेको बताइएको छ ।

यदि पोग्बाका लागि बेलको प्रस्ताव अघि बढाउन परे रियल त्यसका लागि पनि तयार रहेको छ । युनाइटेडले पनि यसअघि बेलमाथि चासो राखेको थियो । यसै पनि बेलले यो सिजन रियल छाड्ने सम्भावना रहेको छ ।

जिदान बेललाई आफ्नो योजनाको पहिलो रोजाईमा नराखेका कारण पनि बेल क्लब छाड्न चाहन्छन् । प्रिमियर लिगमा समेत चुनौति प्रस्तुत गर्न नसकेपछि पोग्बा युनाइटेडबाट बाहिरिन चाहेको अनुमान गरिएको छ ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.